प्रस, पोखरिया, ८ भदौ/
नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोइ ? साताव्यापी अभियान अन्तर्गत मङ्गलवार सुक्खा बन्दरगाहमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरीले मास्क वितरण गरेको हो।
ग्रामीण क्षेत्रबाट पर्सा, बारामा रहेका उद्योग, कलकारखानाहरूमा काम गर्ने मजदूरहरू ओहोरदोहोर गर्ने बिहानी समयमा प्रहरीले मास्क नहुने सबैलाई मास्क लगाउन वितरण गरेको थियो। सो क्रममा प्रहरीले मास्क नहुनेलाई मास्क नलगाइ नहिंड्न सचेत पनि गराएको थियो।