प्रस, वीरगंज, ८ भदौ/

जसपा नेपाल पर्साको बैठक सम्पन्न भएको छ।

पार्टीको केन्द्रीय कार्यालयले देशव्यापीरूपमा गर्ने अभिमुखीकरण कार्यक्रम अन्तर्गत वीरगंजमा भदौ १२ गते हुने अभिमुखीकरण कार्यक्रमको तयारीको लागि मङ्गलवार बैठक बसेको थियो। बैठकले अभिमुखीकरण कार्यक्रमको तयारीको लागि विभिन्न समिति निर्माण गरेको छ।

वीरगंजलाई केन्द्रीय नेताहरूले विशेष प्राथमिकतामा राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने हुँदा पर्सा जिल्लामा विशेष तयारी गरिएको जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवले बताए। उनको अध्यक्षतामा बसेको बैठकमा जिसस पर्साका सभापति नेकमहम्मद अन्सारी, कुन्दन पटेल, हरेन्द्र साह, शेख रुस्तम, सरोज यादव, तबरेज अहमदलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here