दुवै खेलमा निर्मल समाज क्लब ठोरी विजयी

0

प्रस, ठोरी, ८ भदौ/

अमृत युवा क्लब ठोरीको आयोजनामा सुन्दरबस्ती ठोरी गाउँपालिका–२ मा सञ्चालित नकआउट फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएका दुई खेलमा निर्मल समाज क्लब ठोरी–१ र निर्मल समाज क्लब ठोरी–४ विजयी भएका छन्।

आज भएको पहिलो खेलमा निर्मल समाज क्लब ठोरी–१ ले वनशक्ति स्पोट्र्स क्लब ‘बी’लाई टाइब्रेकरमा पराजित गरेको थियो। निर्धारित समयको खेलमा दुवैबीच एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट निर्णय गरिएको हो। टाइब्रेकरमा निर्मल समाजले पाँचवटै बल गोलमा परिणत ग–यो भने वनशक्ति युवा क्लबले एउटा बल गोल गर्न चुक्यो। पहिलो खेलको ‘म्यान अफ दि म्याच’ निर्मल समाज क्लबका गोलकीपर सन्दीप तामाङ घोषित भए।

यसैगरी, दोस्रो खेलमा निर्मल समाज युवा क्लब ठोरी–४ ले थ्री स्टार क्लब ठोरी–१ लाई एक गोलअन्तरले पराजित ग–यो। निर्मल समाजका अमिर तामाङले मध्याह्नपूर्व गरेको एक गोल आजको खेलको निर्णायक ठहरियो। दोस्रो खेलको ‘म्यान अफ दि म्याच’ अमिर तामाङ घोषित भए।

बुधवार एउटा प्रतियोगिता हुने आयोजक कमिटीका अध्यक्ष यादवराज कुँवरले बताए। अमृत युवा क्लब ‘ए’ र विजयबस्ती युवा क्लब ठोरी–४ बीच भोलि खेल हुनेछ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here