कागको पनि कोलेस्ट्रोल बढ्छ

0

मनुष्यसरह कागको पनि कोलेस्ट्रोल बढ्छ, विशेषगरी शहरी क्षेत्रमा बस्ने कागहरूको। न्युयोर्कको हेमिल्टन कलेजका शोधकर्ताहरूका अनुसार शहरी क्षेत्रमा बस्ने कागमा कोलेस्ट्रोलको स्तर ग्रामीण क्षेत्रमा बस्ने कागको तुलनामा ५ गुना बढी थियो। अनुसन्धान अनुसार कोलेस्ट्रोल बढ्नुको कारण शहरी क्षेत्रमा कागहरूले चीज बर्गर बढी खाएको बताइएको छ।

शोधकर्ताले शहरी र ग्रामीण क्षेत्रका १४० वटा कागको रगतको नमूना लिएर जाँच गरे। शोधकर्ताले उनीहरूको बडी मास र शरीरमा रहेको बोसोको मात्रा पनि जाँच गरे। जाँचमा शहरी क्षेत्रमा रहने कागमा कोलेस्ट्रोलको स्तर बढी भेटियो। कोलेस्ट्रोलको स्तर बढ्नुको ठूलो कारण मनुष्य नै थिए।

शोधकर्ता एन्ड्रिया टाउनसेन्ड भन्छिन्–मान्छेले कहिले कागलाई चीज बर्गर खुवाउँछन् भने कागले भुइँमा खसेको टुक्रा खान्छ। पक्षीमा कोलेस्ट्रोल बढिरहेको छ। यद्यपि यो भन्न गा–हो छ कि यसले उनीहरूको स्वास्थ्यमा कति असर पर्छ। हुन सक्छ यसको असर अहिले नदेखियोस् तर भविष्यमा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ किनभने मनुष्यमा पनि यसको असर धेरै वर्षपछि देखिएको थियो।

शोधकर्ताहरूको भनाइ छ पक्षीमा बढेको कोलेस्ट्रोलले हरेक प्रजातिलाई प्रभावित गर्दैन। शोधकर्ताहरूको टीमका अनुसार शहरी क्षेत्रमा बस्ने कागको सर्भाइबल रेट कम पाइएको थियो तर कोलेस्ट्रोलले उनीहरूलाई समस्या गर्दैन। यसले उनीहरूको शरीरलाई गुँडमा बस्न झनै उपयुक्त बनाउँछ। कोलेस्ट्रोल बढ्ने मामिला स्पेनको कैनेरी आइल्यान्डनजीकै देखिएको छ जहाँ मनुष्यको आबादी बढी छ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here