रूस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

0

सोल, ८ भदौ/सिन्हवा

रूस र दक्षिण कोरियाली आणविक दूतबीच कोरियाली प्रायःद्वीपका विषयमा छलफल भएको बताइएको छ।

उक्त मन्त्रालयका अनुुसार दुर्ई देशका आणविक दूतबीच कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाबारे कुराकानी भएको दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको हो।

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेषदूत नो क्यु डुक र रूसी उपविदेशमन्त्रीबीच मङ्गलवार कुराकानी भएको हो।

रूसी उपविदेशमन्त्री इगोर मोरगुलोभ ६ दिने भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन्। उनी कोरियाली प्रायःद्वीपका लागि रूसी विशेष दूत हुन्।

उनीहरूबीच कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्था र सो क्षेत्रमा अँगाल्नुपर्ने निशस्त्रीकरणबारे पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ। रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here