मौसममा सुधार हुन अझै केही दिन लाग्ने

0

काठमाडौं, ८ भदौ/रासस

मनसुनी वायुका कारण मौसममा  सुधार हुन अझै केही दिन लाग्ने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।

“अहिलेको अवस्था हेर्दा मौसममा सुधार हुने देखिएको छैन। बुधवारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।  शुक्रवारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।

हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुर्ई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.६ डिग्री र अधिकतम तापक्रम २४.५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.५ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३.७ डिग्री सेल्सियस रहेको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here