दुर्घटनामा तीनजना घाइते

0

प्रस, रक्सौल, ७ भदौ/

मोटरसाइकलको ठक्करबाट आइतवार साँझ १२ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्।

राखीको दिन माइती आएकी मञ्जु देवी घरका सदस्यको स्वास्थ्य बिग्रिएपछि औषधि खरीद गर्न १२ वर्षीया भदैनी नीतु कुमारीसँग घरबाहिर निस्किंदा मोटरसाइकल दुर्घटनामा परेका थिए। नीतुको अवस्था गम्भीर रहेको र मञ्जु सामान्य घाइते भएको बताइएको छ।

दुईवटा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री दुईजना घाइते भएका हुन्। घटनामा एकजना मोटरसाइकल चालक सीताराम पटेल पनि सामान्य घाइते भएका छन्। अर्का मोटरसाइकल चालक फरार छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here