विजयबस्ती युवा क्लब र वनशक्ति स्पोट्र्स क्लब ‘ए’ विजयी

0

चिरञ्जीवी सापकोटा, ठोरी, ७ भदौ/

अमृत युवा क्लब ठोरीको आयोजनामा सुन्दरबस्ती, ठोरी गाउँपालिका–२ मा भइरहेको नकआउट फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएका दुई खेलमा विजयबस्ती युवा क्लब र वनशक्ति स्पोट्र्स क्लब ‘ए’ विजयी भएका छन्।

आज भएको पहिलो खेलमा विजयबस्ती युवा क्लबले बुद्धनगर युवा क्लबलाई १ गोलअन्तरले पराजित ग–यो। विजयबस्तीका विवेक श्रेष्ठले गरेको एकमात्र गोल आजको निर्णायक भयो। उनी नै म्यान अफ दि म्याच घोषित भए।

यसैगरी, दोस्रो खेलमा वनशक्ति स्पोट्र्स क्लब ‘ए’ विजयी भयो। जनचेतना युवा क्लबलाई १ गोलअन्तरले पराजित गरी वनशक्ति स्पोट्र्स क्लब ‘ए’ विजयी भएको हो। वनशक्तिका अनिल थापाले गरेको गोल दोस्रFे खेलको पनि निर्णायक बन्यो। दोस्रो खेलको म्यान अफ दि म्याच थापा घोषित भए।

मङ्गलवार पनि दुई खेल हुने आयोजक कमिटीले जनाएको छ। पहिलो खेल थ्री स्टार क्लब ठोरी–१ र विशाल चोक क्लब तथा दोस्रो खेल निर्मल समाज क्लब ठोरी गापा–१ र वनशक्ति स्पोट्र्स क्लब ‘बी’बीच प्रतिस्पर्धा हुने आयोजक कमिटीले जानकारी गराएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here