जर्मनीका वैज्ञानिकले ल्याबमा एउटा कृत्रिम मानव मस्तिष्क तयार गरेका छन्। यस सानो मस्तिष्क (मिनी ब्रेन)मा आँखा पनि छ, यद्यपि यो आँखा पूर्णरूपले विकसित भएको छैन। यस मिनी ब्रेनलाई मनुष्यको स्टेम कोशिकाबाट विकसित गरिएको हो।

यसलाई जर्मनीको इन्स्टिच्युट फर ह्युमन जेनेटिक्सका शोधकर्ताहरूले तयार गरेका हुन्। वैज्ञानिकको भनाइ छ, मिनी ब्रेनमा आँखा यसरी विकसित भएको छ जस्तै पाँच साताको भ्रूणको हुन्छ। भविष्यमा यसबाट नयाँ कुरा अगाडि आउन सक्छ तथा कैयौं रोगका उपचारमा पनि मदत पाउन सकिन्छ।

मिनी ब्रेन तीन मिमी चौडा छ। यसमा रहेको आँखामा कोर्निया, लेन्स र रेटिना छ, यसको मदतबाट यसले प्रकाशलाई हेर्न सक्छ। यो आँखा न्युरोन र नर्भ कोशिकाको मदतबाट मस्तिष्कसँग सम्पर्क गर्न सक्छ। वैज्ञानिकको भनाइ छ, ल्याबमा तयार यो रेटिना भविष्यमा त्यस्ता व्यक्तिको उपचार गर्न सकिन्छ, जसले हेर्न सक्दैनन्।

जर्नल सेल स्टेममा प्रकाशित अध्ययन अनुसार जब यी आँखामा प्रकाशको किरण छरियो, तब सङ्केत मस्तिष्कसम्म पुग्यो। यसबाट साबित हुन्छ कि आँखाले जे हेरिरहेको छ, त्यो कुरा मस्तिष्कसम्म पुग्दैछ। पहिलोपटक ल्याबमा विकसित गरिएको ब्रेनमा यस्तै देखिएको हो।

शोधकर्ता गोपालकृष्णन भन्छन्, मिनी ब्रेनको मदतबाट यो पत्ता लाग्छ कि भ्रूणको विकासको दौरान, जन्मजात रेटिनासँग सम्बन्धित डिसअर्डरमा र रेटिनामा विशेष प्रकारको औषधिको परीक्षण गर्दा आँखा र मस्तिष्कबीच कस्तो तालमेल रहन्छ, त्यो पत्ता लगायौं।

वैज्ञानिकको भनाइ छ, ६० दिनमा करीब ३१४ यस्ता मिनी ब्रेन तयार गरिएको छ। यसमध्ये तीन चौथाई पूर्णरूपले विकसित भएको थियो। यो हेर्दा मनुष्यको भ्रूणसरह थियो। रक्त सञ्चार नहुँदा यो अढाई महीनामा बिस्तारै–बिस्तारै नष्ट भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here