कोरोना जाँच गर्ने नयाँ तरीका

0

अमेरिकी वैज्ञानिकले कोरोनाको नयाँ जाँच विकसित गरेका छन्। पेन्सिलको टुप्पोमा प्रयोग हुने ग्रेफाइटको मदतबाट मात्र ६.५ मिनेटमा कोभिडको जाँच गर्न सकिन्छ। वैज्ञानिकले दाबी गरेका छन्, कोरोनाको नयाँ जाँच सस्तो हुनुका साथै छिटोछरितो छ र शतप्रतिशतसम्म सटीक नतीजा दिन्छ।

कोभिडको नयाँ जाँच विकसित गर्ने अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका शोधकर्ताको भनाइ छ , वर्तमानमा मौजूद कोरोनाको बढीजसो जाँच महँगो छ। यसको लागि टे«न्ड प्रोफेशनलको आवश्यकता पर्छ तर ग्रेफाइटबाट हुने जाँचबाट यसको धेरै घटाउन सकिन्छ। यस जाँचको नाम लिड (लो–कस्ट इलेक्ट्रोकेमिकल एडभान्स्ड डायग्नोस्टिक) टेस्ट राखिएको छ।

जाँचको लागि ग्रेफाइटको छडीलाई इलेक्ट्रोडसरह प्रयोग गरिन्छ। यसलाई सलाइवा वा नाकबाट लिइने नमूना र ह्युमन एन्जियोटेन्सिन कन्भर्टिङ एन्जाइम–२ सँगै राखिन्छ। ग्रेफाइड इलेक्ट्रोडलाई केमिकल सिग्नलसँग जोडिन्छ। जाँचको क्रममा सङ्गेतले रोगी पोजिटिभ छ कि नेगेटिभ त्यो बताउँछ।

वैज्ञानिकको भनाइ छ –याल अर्थात् सलाइवाको नमूनाबाट जाँच गर्दा सय प्रतिशतसम्म सटीक जाँच नतीजा पाइन्छ। त्यस्तै ग्रेफाइट इलेक्ट्रोडबाट नाकको नमूनाको जाँच गर्दा ८८ प्रतिशतसम्म सटीक नतीजा आउँछ।

पेन्सिलभेनिया युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर सिजर डि ला फ्युनटेको भनाइ छ, यस लिड टेस्टको किटमा प्रयोग हुने कच्चा पदार्थ कम मूल्यमा उपलब्ध छ। किटलाई असेम्बल गर्नु पनि सजिलो छ र यसबाट कुनै पनि सर्वसाधारणले घरमैं जाँच गर्न सक्छ। कोरोनाको यो जाँच विशेषगरी लोअर मिडिल आय भएका देशको लागि काम लाग्छ। शोधकर्ता सिजरको भनाइ छ, हामीले उद्योगीहरूसँग मिलेर बढीभन्दा बढी क्लिनिकल परीक्षण गर्छौं। परीक्षणको नतीजा आएपछि शीघ्र यसलाई सर्वसाधारणसम्म पु–याउँछौं।

जाँचको यस तरीकाबाट दोस्रो सङ्क्रमण फैलाउने रोग पनि पत्ता लगाउन सकिन्छ। यस जाँच अन्य रोगको लागि तयार गर्न अनुसन्धान जारी छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here