पर्सागढीमा यस वर्ष पनि जन्माष्टमी मेला लाग्दैन

0

प्रस, बिरुवागुठी, ७ भदौ/

कोरोना सङ्क्रमणको कारण यस वर्ष पनि पर्सागढी नगरपालिकामा लाग्ने कृष्ण जन्माष्टमी मेला प्रभावित भएको छ। भदौ १४ गते जन्माष्टमी परेको र पर्सागढी नगरपालिका–३ पकडिया बडनिहार बजारमा सो अवसरमा लाग्ने मेला यस वर्ष नलाग्ने वडाध्यक्ष उद्धवबहादुर उप्रेतीले बताए।

उनले मेला समितिको सोमवार बिहान बसेको भेलाले जन्माष्टमी मेला यस वर्ष पनि नलगाउने निर्णय गरेको बताए। कोरोनाको जोखिम नटरेको भन्दै भीडभाडबाट जोखिम हुने हुँदा पूजापाठबाहेक मेला नलगाउने निर्णय भएको बजार समितिका अध्यक्ष टङ्कबहादुर क्षत्रीले बताए। उनले पकडिया बडनिहार बजारमा जन्माष्टमी मेला ४० वर्षदेखि लाग्दै आएको जानकारी गराउँदै गत वर्षदेखि कोरोनाको कारण मेला रोकिएको र यस वर्ष पनि पूजापाठबाहेक मेला नलगाउने बताए।

आजको भेलामा वडासदस्य अरुणप्रकाश रेग्मी, रामरिजन थारू, स्थानीय समाजसेवी सुकमान तामाङ, गोकर्ण पाठक, मोहन चौधरीलगायत बजार समितिका पदाधिकारी सदस्य र स्थानीय व्यापारीहरू सहभागी थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here