एमाले छाड्दिनँ –पूर्वमन्त्री ज्वाला साह

0

प्रस, सिम्रौनगढ, ७ भदौ/

पूर्वमन्त्री ज्वाला साहले आफू एमालेमैं रहने बताएकी छन्। सिम्रौनगढको कङ्कालीमाई मन्दिर परिसरमा सोमवार कार्यकर्ता भेटघाटपछि सञ्चारकर्मीसँग उनले सर्वोच्च अदालतले दल छुट्याए पनि विचार परिवर्तन नहुने बताइन्।

उनले अबका दिनमा नेकपा एमालेमा रहेर काम गर्ने प्रस्ट्याइन्। फरक प्रसङ्गमा उनले ऐतिहासिक, पर्यटकीय, धार्मिकस्थल सिम्रौनगढको आशाप्रदरूपमा विकास हुन नसकेको बताइन्। क्रान्तिको बेला आउँदा सिम्रौनगढ जुन रूपमा थियो, त्यसमा खासै परिवर्तन नभएको बताइन्। सिम्रौनगढ ऐतिहासिक, धार्मिक र पर्यटकीयरूपमा विकास गर्न जनताले चासो नदेखाएको उनले आरोप लगाइन्। जनता जागरूक भएको भए विकास निश्चितरूपमा हुने थियो भनी उनले दाबी गरिन्।

कार्यकर्ता भेटघाट कार्यक्रममा ताराचन्द्रप्रसाद साह, शेख मोतिमलगायतले मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here