बिग्रियो पिसिआर मेशिन

0

राजविराज, ७ भदौ/रासस

तीन हप्तादेखि ठप्प रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर परीक्षण अझै सुरुआत हुन सकेको छैन। गत साउनको दोस्रो हप्तादेखि सो पिसिआर  मेशिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण  रोकिएको छ।

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पिसिआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ।

अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारी दिंदै मर्मतको प्रयास भइरहेको जानकारी दिए। उनले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here