मलेसियामा कोरोनाबाट नेपालीको मृत्यु

0

राजविराज, ७ भदौ/रासस

कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खङ्ग छन्। मलेसियाको शाहआलम शहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुर्ई हप्ताअघि  सङ्क्रमित भएका बताइएको छ।

उपचारको क्रममा खङ्गको आज मृत्यु भएको तिलाठी कोइलाडी–८ तोपाका कौशलकुमार यादवले जानकारी दिए। उनका अनुसार खङ्ग चार वर्षअगाडि रोजगारका लागि त्यहाँ पुगेका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here