चेतनाको स्तरमाथि भइरहेको परिवर्तन प्रक्रिया

0

युग परिवर्तन कसरी र कहिले

क्यालिफोर्नियाका जेम्स डब्लु न्यूमैनको गणना अमेरिकाका मूर्धन्य मनोविज्ञानी एवं दार्शनिकहरूमा हुन्छ। उनी ‘थामस जैफरसन रिसर्च सेन्टर’का सञ्चालक हुन् र ‘साइको एन्डोक्राइन रिसर्च फाउन्डेशन’का संस्थापक पनि हुन्। उनले मनुष्यको चिन्तन, चरित्र र व्यवहारमाथि गहन अध्ययन गरे र यसबीच कैयौं शोधपत्र पनि प्रकाशित गरे। उनको अनुसन्धानको मुख्य विषय थियो– मनुष्यको समग्र स्वास्थ्य र उसको प्रभावशाली व्यक्तित्व। यस क्ष्Fेत्रमा कार्य गरेर उनले महत्वपूर्ण उपलब्धि हस्तगत गरेका थिए। उनको प्रशंसनीय कार्य एवं यस क्षेत्रमा लामो अनुभवलाई ध्यानमा राख्दै लस एन्जल्समा पछिल्लो दिनमा दि बोर्ड अफ जे डब्लु न्यूमैन कर्पोरेशनको स्थापना गरिएको थियो र उनी यसका अध्ययनकर्ता थिए। यस संस्थानको मुख्य उद्देश्य मनुष्यको भावी जीवनको सुखद सम्भावनाबाट परपुरित कसरी गर्ने– यो पत्ता लगाउनु थियो।

अनेक संस्थानमा कार्य गर्दै आफ्नो दीर्घकालीन अनुभवको आधारमा न्यूमैनले ‘रिलिज योए ब्रेक्स’ नामक एउटा महत्वपूर्ण पुस्तक लेखे, जसको सार यदि एउटा वाक्यमा भन्नुपर्दा ‘हाम्रो वर्तमानको विचारणा भविष्यलाई निर्धारण गर्छ’ अर्थात् आज जेसुकै हामी सोच्छौं र गर्छौं, हाम्रो भोलिको भविष्य यसै रूपमा अगाडि आउँछ। यस प्रकार न्यूमैनले आफ्नो उक्त पुस्तकमा परोक्षरूपले यही भन्ने प्रयास गरेका छन् कि यदि हामी आगामी सदीलाई उज्ज्वल भविष्यको रूपमा हेर्न चाहन्छौं भने हाम्रो क्रियाकलाप र चिन्तनमा तदनुरूप उत्कृष्टता आउनुपर्छ। यसभन्दा कम त्यसमा आशा गर्न सकिन्छ, जसको सुखद सम्भावना हामी अहिले साँचेका छौं। उक्त पुस्तकको अन्तिम अध्याय ‘यु आर चेन्जिङ द वल्र्ड’मा उनले लेखेका छन् कि निकट भविष्यमा संसारमा एउटा विशिष्ट प्रकारको चिन्तनपरक परिवर्तन आउँछ। व्यक्तिमा भविष्यको प्रति जागरूकताको प्रवृत्तिलाई विकसित भएको देखेर उनले यस तथ्यलाई पुष्टि पनि गरेका छन्। उनको भनाइ छ मनुष्यको शारीरिक, मानसिक र भावनात्मक परिवर्तनको प्रक्रिया निरन्तर चलिरहेको छ र त्यसमा विराम लाग्नेछैन। यसैले यो मान्यता बनाउनु गलत साबित हुन्छ कि मनुष्यको जीवनचक्रमा कुनै प्रकारको परिवर्तन हुन सक्दैन। शारीरिक परिवर्तनको पुष्टिको लागि शरीरशास्त्रको प्रमाण प्रस्तुत गर्न सकिन्छ कि जस अनुसार हरेक ६ महीनापछि मनुष्यको कायिक संरचनामा निकै परिवर्तन देख्न सकिन्छ। शारीरिक संरचनामा मात्र होइन वरन क्रियाकलापमा पनि एउटा विशेष प्रकारको परिवर्तन दृष्टिगोचर हुन थाल्छ। जुन हामी हिजो थियौं, त्यो आज छैनौं, यसको अनुभूति दिन र रातसरह स्पष्ट हुन थाल्छ। दिन प्रतिदिनको चिन्तन, चरित्र र व्यवहारले व्यक्तिको समग्र व्यक्तित्वको आधारशीला राख्छ।

वस्तुतः सृष्टिको सुरुआतदेखि नै मानव हृदयको एउटा जिज्ञासा रहेको छ कि वर्तमानको अपेक्षा भविष्य बढी उज्ज्वल हेर्न चाहन्छ, तदनुरूप प्रयत्नशीलताको परिचय पनि दिंदै आएको छ। मानवी प्रयास, क्रिया र विचारणको मिल्दोजुल्दो स्वरूपले नै भविष्यको संरचना गर्छ। मनीषीहरूले शारीरिक परिवर्तनको तुलनामा मानवी चिन्तन एवं आचरणमा परिवर्तनलाई बढी महत्वपूर्ण बताएका छन् किनभने चिन्तनको अनुरूप नै क्रियाले बल पाउँछ। यस सन्दर्भमा न्यूमैनको भनाइ छ कि आज हामी जुन विशिष्ट कालबाट गुज्रिरहेका छौं, त्यसमा मनुष्यको चिन्तनको दिशाधारामा विशेष परिवर्तन भइरहेको छ। स्वार्थपरता र सङ्कीर्णताको प्रवृत्ति घट्दै मेटिंदै गइरहेको छ। परम्परावादी विचारशैलीको अपेक्षा विवेकसङ्गत मान्यतालाई अपनाउने उत्सुकता बढेको छ। टाइम–पर्सपैक्टिभको महत्व मानिसले बुझ्न थालेका छन्, जसलाई समय संदर्शको नामबाट जानिन्छ। उदाहरणको लागि मानवी दृष्टिकोणलाई नै लिन सकिन्छ। समयको साथै त्यसमा पनि परिवर्तन हुन्छ। एउटा उदाहरण प्रस्ुतत गर्दै उनी लेख्छन्– एउटा सानो बालकले जैली बिन्स  खान्छ, तर अर्को दिन उसको पेट दुख्छ। गरिष्ठ पदार्थको यति धेरै मात्रा खाने बेलामा उसको मस्तिष्कमा यो विचार आएन कि भोलि के हुन्छ ? यस परिपक्व मस्तिष्कको अपरिपक्व निर्णय क्षमता नै बुझ्न सकिन्छ, तर त्यही मस्तिष्क परिपक्व भएपछि त्यस भूललाई कदापि दोहो–याउँदैन, केही यस्तै दृश्य अहिले दृष्टिगोचर हुन थालेको छ। मद्यपान र नशालु औषधिको दुष्परिणाम अब मानिसले बुझ्न थालेका छन्, यसको विरोधमा आवाज उठ्न थालेको छ, जसलाई देखेर यो भन्न सकिन्छ कि एक्काइसौं शताब्दीमा मानिस यी दुष्प्रवृत्तिलाई भेटाउन पूर्णरूपले सफल हुनेछ।

जेम्स डब्लु न्यूमैनको भनाइ छ, व्यक्तिको परिपक्व व्यक्तित्वको मूल्याङ्कन लामो समयको अनुभव प्राप्त गरेपछि नै गर्न सकिन्छ। त्यसको सत्परिणामको प्रभावशीलताको अनुमान पनि त्यति बेला नै लगाउन सकिन्छ। आजको चिन्तन र व्यवहारमा जागरूकता र सहजताको माहोललाई देखेर यही भन्न सकिन्छ कि शताब्दीको अन्त्यसम्म व्यक्तिको दृष्टिकोणमा विधेयात्मकताको समावेश हुने सुनिश्चित छ। समय सन्दर्श (टाइम पर्सपैक्टिभ)सरह दोस्रो अति प्रभावशाली घटक वातावरणको परिवर्तन हो। उनले यसलाई ‘होल पर्सन सिस्टम’ नामबाट सम्बोधित गरेका छन्, अर्थात् मनुष्यको समग्र व्यक्तिको निर्धारण वातावरण अनुरूप नै हुन्छ। उनका अनुसार व्यक्तिमा भावी सन्ततिलाई सुयोग्य एवं सुशिक्षित बनाउने जुन वातावरण आज विनिर्मित भइरहेको छ, निकट भविष्यमा यसको सार्थकता झनै बढी हुनेछ। सन्तानमा मातापिता एवं अभिभावकप्रति सम्मानजनक भावनाको विकास हुनेछ, जसको फलस्वरूप वृद्धावस्थाको सुख सरलै प्राप्त गर्न सकिन्छ।

 मानिसमा समूहगत भावनाको विकास हुनेछ। लार्जर फेमिली यानी परिवारमा वृहत्तर परिवारप्रति टीम स्प्रिटको भावना उदय हुनेछ। परस्पर सहयोग–सहकार्यको प्रवृत्तिले बल पाउँछ। यही नियम व्यवस्था कम्पनी, क्लब, सङ्घ–समुदाय, देवालय, व्यापारिक सङ्घ, राजनीतिक दल तथा सैनिक क्षेत्रमा पनि लागू हुनेछ। व्यक्तिगत स्वार्थको अपेक्षा सामूहिक हितलाई नै वरीयताको क्रममा अगाडि राखिन्छ। उग्रवादको प्रवृत्ति रचनात्मक दिशातर्फ फर्किन्छ। ‘इन्डिभिजुअल पर्सनालिटी’को अपेक्षा गु्रप पर्सनालिटीको महत्वलाई नै अङ्गीकार गरिनेछ।

न्यूमैनले नयाँ युगको सम्भावना व्यक्त गर्दै बताएका छन्, तब मानिसको सुझबुझ यस स्तरसम्म बढ्छ कि आफ्नो ज्ञानको सदुपयोग रचनात्मक दिशामा नै गर्न सक्छन्। मनुष्यको यस नयाँ बिरादरीलाई ‘ऐपी–ओर्गेनिज्म’को नामबाट उनले अभिहित गरेका छन्,  जसको अभिप्रायः समूहगत चेतनाको विकाससँग हुन्छ। संसारको एक चौथाइ जनशक्ति २०औं शताब्दीको अन्त्यसम्म विचाराधाराका अनुरूप आफ्नो क्रियाकलापले निर्धारण गर्न थाल्छ। एक्काइसौं शताब्दीमा उत्कृष्ट चिन्तन र आदर्श व्यवहारको कल्पना हरेक व्यक्तिले गर्नेछ।

यस प्रकार न्यूमैनले आफ्नो उक्त पुस्तकमा तर्क र तथ्यको आधारमा यही सिद्ध गर्ने प्रयास गरेका छन् कि आगामी समयमा परिवर्तन अवश्यम्भावी छ। यस कुरालाई आज विश्वको चर्चित भविष्यदृष्टा, ज्योतिर्विद, भविष्य विज्ञानी आआफ्नो ढङ्गबाट भन्दैछन् र यो आशा व्यक्त गरिरहेका छन् कि आगामी सदी हरेक प्रकारले उज्ज्वल भविष्यको सम्भावना आफूभित्र लुकाएको छ। अहिले हामी उनीहरूको भविष्यवाणीको धमिलो दृश्य नै दृष्टिगोचर गरिरहेका छौं। आगामी शताब्दीमा कुहिरो हटेपछि दृश्य यदि झनै स्पष्ट हुन्छ भने कुनै आश्चर्य मान्नुपर्दैन।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here