प्रस, गरुडा, ६ भदौ/
गत आर्थिक वक्र्षभन्दा अघिल्लो वक्र्षको कोरोना सङ्क्रमणको कारण भएको लकडाउनको अवधिमा रौतहटका विभिन्न विद्यालयमा दिवा खाजा कार्यक्रमको लागि रकम निकासा दिएर अनियमितता गरेको सम्बन्धमा सम्बन्धित निकायको केही फरक दाबी रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वाक्र्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार रौतहटका पाँच स्थानीय तहले विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा दिएको देखिएको छ ।
रौतहटको गरुडा नगरपालिकाले ७७ लाख, फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रुपैयाँ दिवा खाजाबापत विद्यालयलाई निकासा दिएको सार्वजनिक भएको छ । यसैगरी, रौतहटकै परोहा नगरपालिकाले अभिभावकलाई नगद रकम बुझाउने गरी दिवा खाजाबापत १ करोड १७ लाख रुपैयाँ निकासा गरेको पनि प्रतिवेदनबाट सार्वजनिक भएको छ ।
रौतहटको गरुडा नगरपालिकाको शिक्षा संयोजक मौजेलाल यादवले गरुडा नगरपालिकामा २०७६ चैत ६ गतेभन्दा पहिलेको दिवा खाजा कार्यक्रमको रकम मात्र निकासा भएको र २०७६ चैत ७ गतेपछि नगरपालिकाको कुनै पनि विद्यालयमा दिवा खाजा कार्यक्रम नचलेको तथा २०७६ चैत ७ पछि दिवा खाजाको रकम नपठाइएको बताएका छन् ।
संयोजक यादवले २०७६ चैत ६ भन्दा पहिले नै नगरका विद्यालयमा चलेको दिवा खाजा कार्यक्रमको रकम २०७७ जेठ–असारतिर विद्यालयहरूमा निकासा पठाइएको स्पष्ट पारेका छन् । आफूहरूले सम्बन्धित निकायलाई यस विक्षयमा स्पष्ट पार्दै आएको बताउँदै पहिले नै चलेको दिवा खाजाको रकम पछि मात्र निकासा दिएको बताएका छन् । संयोजक यादवले आव २०७६/७७ मा गरुडा नगरपालिकामा दिवा खाजा शीक्र्षकको करीब १ करोड ११ लाख रुपैयाँ फ्रिज भएको पनि बताएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुण साहले महालेखा परीक्षकको कार्यालयबाट यमुनामाई गाउँपालिकाले कार्यपालिका सदस्यलाई मोटरसाइकल बाँडेको भनी बेरुजू देखाएको र टिपर किनेको भनी बेरुजु देखाएको भन्दै गापाले मोटरसाइकल पनि नबाँडेको र टिपर पनि नकिनेको बताएका छन् । विद्यालय बन्द रहेको अवधिमा दिवा खाजा कार्यक्रमको विक्षयमा गापाको लेखापालले स्पष्ट पार्ने प्रमुख साहको भनाइ छ । दुर्गा भगवती गापाका लेखाप्रमुख सन्देश कुशवाहाले गापाको शिक्षा शाखाले सिफारिश गरे अनुसार निकासा दिएको बताएका छन् ।
परोहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले अभिभावकलाई दिवा खाजाबापत रकम निकासा भएको स्वीकार गरेका छन् । विद्यालयमा सञ्चालन गरिने दिवा खाजाबापतको रकम नै अभिभावकलाई वितरण गरिएको नगदी भरपाई आफूहरूसित रहेको स्पष्ट पारेका छन् ।
यस विषयमा महालेखा परीक्षकको कार्यालयलाई पनि जानकारी गराइसकिएको जानकारी गराएका छन् । फतुवा विजयपुर नगरपालिकाका प्रमुखका सहायक विद्यानन्द यादवले यस विक्षयमा बुझ्ने काम भइरहेको बताएका छन् ।