दुर्घटनामा तीनजनाको घटनास्थलमैं मृत्यु

0

प्रस, निजगढ, ६ भदौ/

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १६ किलोमिटरनजीकै शनिवार राति दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुवै मोटरसाइकलका चालक र एकजना महिलासमेत तीनजनाको घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका– ९ का १६ वक्र्षीय विकाशकुमार साह, पर्सा डोकैला बहुअरीकी ३५ वक्र्षीया सुनैनादेवी साह र जीतपुरसिमरा उपमहानगरपालिका–१३ पैनीटोलका ४० वक्र्षीय टुलुराज तामाङ रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

मृतक विकाश र सुनैनादेवी नातामा भदा र फुपू भएको प्रहरीले जनाएको छ । राखी पर्व मनाउन भदाले फुपूलाई निजगढबाट पर्सा ल्याउने क्रममा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६५प २७५६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल शनिवार राति करीब ९ः३० बजे जुध्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शङ्कर चौधरीले बताए । उनले तीव्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोे बताए ।

दुर्घटनामा बा.६५प २७५६ नम्बरको मोटरसाइकलमा आगलागी भई जलेर नष्ट भएको छ । राजमार्गको सडकबीचमा भएको दुर्घटनाका कारण राति एक घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको टोलीले अवरुद्ध सडक सुचारु गरेका थिए । दु्रत गतिका कारण विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल एकापसमा जुधेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रमुख प्रहरी निरीक्षक विपिन ओझाले बताए ।
मृतकहरूको शव शल्यपरीक्षणको लागि कलैया अस्पताल लगिएको इप्रका निजगढले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here