पर्सामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी

0

प्रमोद यादव, पंचगावाँ, ६ भदौ/

पर्साका विभिन्न खोलाहरूबाट गिट्टी, बालुवाको तस्करी रोकिएको छैनन ।

स्थानीय प्रहरी प्रशासन र वन कर्मचारीको मिलेमतोमा दैनिकजसो बिहान, दिउँसो र बेलुका खोलाहरूबाट ५०औं टेलर गिट्टी, बालुवा, ढुङ्गाको तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

गत असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक छ । यो अवधिमा स्थानीय तहले खोलाहरूको वातावरणीय परीक्षण रिपोर्ट तयार गरी जिल्ला समन्वय समिति, पर्साको सिफारिशमा ठेक्का लगाएपछि मात्र नदीजन्य पदार्थको उत्खनन तोकिएको मापदण्ड अनुसार गर्न पाइन्छ । अहिले नदीजन्य पदार्थको उत्खनन पूर्णतया रोक छ । तर स्थानीय प्रहरी र वन कर्मचारीको मिलेमतोमा अवैध उत्खनन जारी छ ।

पर्सागढी नगरपालिका अन्तर्गत पर्ने करजनिया खोला, सिंघाइ खोला, वीरगंज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोला, सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोला, गादी खोला, पटेर्वासुगौली, जीराभवानी अन्तर्गत पर्ने भलुवाही खोलाबाट नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गाको तस्करी खुलेआम भइरहेको छ । नदीजन्य पदार्थको तस्करी भइरहेको यो अवधिमा भने गिट्टी, बालुवा, ढुङ्गाको मोल दोब्बर पारी तस्करहरूले बिक्री गर्दैछन् ।

पर्सा जिल्लाका छवटा खोलामध्ये गत वक्र्ष ढिला गरी तीनवटा खोलाको मात्र ठेक्का हुन सकेको थियो ।

समयमा वातावरणीय परीक्षण रिपोर्ट तयार नभएको, तयार भएर पनि जिससबाट गएका फाइलहरू डिभिजन वन कार्यालयबाट समयमा सिफारिश हुन नसक्दा ठेक्का लागेको थिएन । केही पालिकामा दुईवटा पालिकाको स्वामित्व भएको खोलाको राजस्व कसले लिने भन्ने विक्षयमा पनि विवाद छ । अहिले भदौको पहिलो साता बित्न लागेको छ । तर नदीजन्य पदार्थको ठेक्काका लागि आवश्यक तयारी कुनै पनि पालिकाले गरेको देखिएकोछैन ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here