काबुल विमानस्थल वरपर सात व्यक्तिको मृत्यु

0

लन्डन, ६ भदौ/एएफपी

काबुल विमानस्थलनजीकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सातजना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतवार जनाएको छ ।
हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो सङ्ख्याको सामना गर्न सङ्घक्र्ष गरिरहेका छन् ।

प्रवक्ताले भने, “काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको छ तर यथासम्भव मानिसहरूको सुरक्षित व्यवस्थापन गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं ।”
बेलायती रक्षामन्त्री बेन वालेसले आइतवार बेलायत पत्रिका मेलसँग भने, “अगस्त ३१ को अमेरिकी समयसीमा अगाडि कुनै पनि राष्ट्रले सबैलाई पूर्णतया बाहिर निकाल्न सक्दैन ।”

उनले थपे, “शायद अमेरिकीहरूलाई लामो समयसम्म रहने अनुमति दिइनेछ र उनीहरूले त्यसो गरेमा उनीहरूलाई हाम्रो पूर्ण समर्थन हुनेछ ।”

काबुलवासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।

गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेका छन् भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।

खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महीना समाप्त हुनै लागेको छ र उनीहरूलाई तलबको कुनै छनक छैन ।

बैंकहरू बन्द गर्दा मानिसहरूले आफ्नो बैंक खातामा पैसा भएपनि रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।

शनिवारको दिन साराई शाहजादाले एक बयानमा बताए अनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनः आरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोक्षणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोक्षणा भएको छैन ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here