जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी

0

बेइजिङ, ६ भदौ/सिन्ह्वा

चीनको कच्चा स्टील उत्पादन गत महीना घटेको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस) को तथ्याङ्क अनुसार चीनको कच्चा स्टीलको उत्पादन गत महीना घटेको पाइएको हो । “जुलाईमा देशको कच्चा स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो वक्र्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो, विभागले आफ्नो सूचनामा भनेको छ ।

वक्र्षको पहिलो सात महीनामा कच्चा स्टीलको उत्पादन वक्र्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो ।

चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो अघिल्लो वक्र्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबिएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टीलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वक्र्ष पहिलेको तुलनामा १०.५ प्रतिशतले वृद्धि हो ।

हालैका वक्र्षहरूमा चीनले विशेक्षगरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।

चीनले यहाँको १३औं पञ्चवक्र्षीय योजना अवधि (सन् २०१६–२०२०)मा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here