मनाइयो जनैपूर्णिमा (ऋक्षि तर्पणी), रक्षाबन्धन

0

काठमाडौं, ६ भदौ/रासस

प्रत्येक वक्र्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋक्षि तर्पणी) पर्व आइतवार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । यस पर्वका अवसरमा पशुपतिनाथलगायत प्रमुख मन्दिरमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गुरु पुरोहितले भक्तजनलाई यज्ञोपवीत र रक्षासूत्र लगाइदिएका थिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तŒवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

मानवरक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले गरे यज्ञोपवीत धारण

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशी अर्थात् शनिवारदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋक्षिलाई तर्पण गरी वैदिक रुद्राभिक्षेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋक्षिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋक्षितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लागेको थियो । यस वक्र्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेकाले मानिस केही सजग देखिन्थे ।

पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महŒवपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मन्दिरमा नित्य पूजाबाहेकका कर्म निक्षेध गरिएको छ । पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वक्र्ष पनि भीड लागेको थियो । यस वक्र्ष पनि कोरोना जोखिम मोलेर पनि भक्तजन पशुपति क्षेत्रलगायत मुख्य मन्दिरमा जम्मा भएका थिए ।

क्वाँटीको परम्परा

जनैपूर्णिमाका दिन ११ थरीका गेंडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाई मनाइएको छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वक्र्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्नथरी गेंडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेक्षराज आचार्यले बताए । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले बताए । कोरोनाजस्ता भाइरसको आक्रमणबाट बचाउन रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदशास्त्रका चिकित्सकको भनाइ छ ।

तराई क्षेत्रमा बाँधियो राखी

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । तराई क्षेत्रमा बाँधिने राखी बिस्तारै काठमाडौं उपत्यका र पहाडमा पनि फैलन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीकी कविता सापकोटाले आजै आफ्ना दाजुभाइलाई राखी बाँधिदिइन् । परिवारमा पहिले यस्तो प्रचलन नभए पनि दाजुबहिनी एवं दिदीभाइकाबीच प्रेम सम्बन्ध बढाउने पर्व भएकाले राखी बाँधिदिएको उनको भनाइ छ ।

वैदिक संस्कृतिमैं आधारित भएर श्रावण शुक्ल पूर्णिमाका दिन राखी बाँधिने भएकोले परिवारका सदस्यले यसलाई रुचाएको सापकोटाको अनुभव छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका माध्यमबाट एक भागमा मनाइने पर्व अर्को भागमा पनि प्रसार भएको यो प्रतिनिधि उदाहरण हो।

विभिन्न स्थानमा सावधानीपूर्वक मेला

काठमाडFैंको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुक्षाको जनकपुरधाम, धनुक्षसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वक्र्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला औपचारिकरूपमा स्थगित गरिएको थियो । औपचारिकरूपमा स्थगित गरिए पनि नजीकका मानिस भने सावधानीसाथ सहभागी भएर मेला परम्परालाई निरन्तरता दिएका थिए।

भौतिक दूरी कायम गरी ती तीर्थस्थलमा प्रत्येक वक्र्ष आजका दिन गरिने विशेक्ष पूजा आराधना भने यथावत् जारी रहेको छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वक्र्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि निर्णय सच्याउन सरकार बाध्य भएको हो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here