पोखराबाट सिमरा सीधा उडान सञ्चालन हुने

0

काठमाडौं, ६ भदौ/रासस

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सीधा उडान सञ्चालनलाई तीव्रता दिएको छ ।

पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सीधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन)बाट सीधा उडान विस्तार गरेको कम्पनीले केही साताअगाडि नेपालगंजलाई पनि पोखरासँग सीधा उडानबाट जोडेको थियो ।

देशको महŒवपूर्ण व्यापारिक केन्द्र वीरगंज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सीधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

सुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान भरिनेछ । यात्रुको माग अनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट सिमरा १२ः२० र सिमराबाट पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । उनका अनुसार सिमरा/वीरगंज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगंज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिमरा/वीरगंजका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल शृङ्खलाको आनन्द लिन सक्नेछन् ।

यस उडानबाट वीरगंजनजीक रहेका भारतीय शहर पटना, दरभङ्गा, मुजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकक्र्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here