प्रहरी र पत्रकार

0

रौतहटमा एकजना पत्रकारलाई आफ्नोविरुद्ध समाचार लेखेको झोंकमा लागू औक्षध कारोबारमा फसाउन खोजेको कुराले निकै हलचल मचाएको छ । आफूविरुद्ध कुरा सुन्दा वा पढ्दा जसलाई पनि नराम्रो लाग्नु स्वाभाविक हो । तर यति हुँदैमा जङ्गली राजजस्तो भूmटो आरोप लगाउनु, त्यो पनि प्रहरीजस्तो सक्ष्Fम संस्थामा काम गर्ने कर्मचारीले, अति चित्त दुख्ने क्रियाकलाप हो । यद्यपि अहिले को दोक्षी भन्ने खुलिसकेको छैन, तर पत्रकारको दाबी– कोही अरू (प्रहरी)ले नै आफ्नो मोटरसाइकलमा झोलामा लागू पदार्थ राखेर वा राख्न लगाएर फसाउन खोजेको र सिसिटिभीबाट पनि झोला कोही अन्यले राख्न लागेको देखिएको तथा उच्च प्रहरी अधिकृतहरूले यस सम्बन्धमा दुईजनालाई अनुसन्धानका लागि पक्राउ पनि गरेको कुराले पत्रकारलाई फसाउनकै लागि यो कुकर्म गरेको बुझिन्छ । यस्तो कुरा लोकतान्त्रिक समाजका लागि दुःस्वप्न हो । यो मानिसमा असभ्यता, असंस्कृति र कानूनविपरीत, नागरिकको सुरक्षाविरुद्ध पाइला हो । अझ सुरक्षा दिने निकायका कर्मचारीले नै यस्तो गरेको हो भने यो झन् असह्य कृत्य हो ।

धेरै पहिलेको कुरा हो, माओवादी सशस्त्र आन्दोलनको ताका रौतहटकै एकजना प्रहरी जवानले, प्रतीकमा प्रहरीको मिलेमतोमा खाद तस्करी भइरहेको एउटा समाचारप्रति आक्रोश व्यक्त गर्दै–तँलाई कुनै भूmटो मुद्दामा फसाइदिन्छु भनी धम्की दिएका थिए । एउटा सामान्य मानिसबाट पनि यस प्रकारको प्रतिशोधको आशा गर्न सकिंदैन भने प्रहरीकै कुनै मानिसले यस प्रकार प्रतिशोध लिन खोज्नु अनैतिक कुरा हो । समाचार असत्य भए लेख्ने व्यक्तिसँग भूल सुधार गराउन सकिन्छ, नमाने प्रेस काउन्सिलले निदान दिन्छ, त्यसले पनि भएन भने अदालत त छँदैछ । हो प्रहरीको कार्य–व्यापार जटिल हुने हुँदा कुनै अपराधीविरुद्ध प्रमाण फेला पर्दैन भने कुनै–कुनै समय यसरी भूmटो सबूत जुटाएको सुनिन्छ, तर त्यो वास्तवमा अपराधी हुन्छ । त्यसबाहेक यस्तो कार्यलाई जघन्य अपराध नै मान्नुपर्छ । झन् अपराध तह लगाउने संस्थाको व्यक्तिले यस्तो गरेको हो भने त्यसलाई महाअपराधकै संज्ञा दिन सकिन्छ । अपराध जसले गरेको होस्, सानो वा ठूलो, दण्ड दिनैपर्छ । दण्डविधानले समाजलाई अनुशासित राख्छ, समाजमा भय हुँदैन । कसैले त्रासमा बाँच्नुपर्दैन ।

पत्रकार र प्रहरीको जिम्मेदारी झन्डैझन्डै उस्तै हो । अपराध भइरहेको खोजी गर्ने, दोक्षीलाई दण्ड दिलाउन प्रमाण सङ्कलन गर्ने, नागरिकको हक अधिकारप्रति सचेत रहने दुवैको दायित्व हो । यो काम प्रहरीले सरकारी साधन–स्रोतको उपयोग गरेर गर्छ । प्रहरीको ठूलो जमात हुन्छ, उसलाई काम गर्न सजिलो हुन्छ । आफ्नो रक्षाका लागि सहकर्मी र हात–हतियार हुन्छ । तर पत्रकारले त्यही काम आफैं जोखिम मोलेर गर्नुपर्छ । प्रहरीमा सबै सेवा गर्न, सुरक्ष्Fा दिन जागीर खाएका हुँदैनन्, धेरैले आजीविकाका लागि प्रहरीको जागीर खाएका हुन्छन् । उनीहरूले आफ्नो कर्तव्य निर्वाह नगर्दा पनि सामान्यतया खोजीनीति हुँदैन । तर पत्रकार स्वेच्छाले यस जोखिमपूर्ण काममा लागेको हुन्छ । ऊ एक्लो हुन्छ । ऊसँग हात–हतियार, सहकर्मी हुँदैन । उसले काम नगरी मुखमा माड लगाउन पाउँदैन । त्यस्तालाई त्रासमा बाँच्न विवश पार्ने काम आतङ्ककारीले मात्र गर्न सक्दछ । हामीलाई विश्वास प्रहरी आतङ्ककारी हुँदैन, त्यसभित्र कोही यस्तो आतङ्ककारी छ भने संस्था स्वयं सजग हुनुपर्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here