सुपाच्य भोजनबाट दीर्घकालसम्म रोगमुक्त हुन सक्ने –उपप्रमुख कार्की

0

प्रस, वीरगंज, ५ भदौ/

वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले ज्येष्ठ नागरिकले नियमित व्यायाम र पौष्टिक खानेकुरा खाएको खण्डमा दीर्घकालसम्म रोगमुक्त हुन सक्ने बताइन् ।

ज्येष्ठ नागरिक सङ्घ पर्साले शनिवार प्रतीक दैनिकको कार्यालयमा आयोजना गरेको फिजियोथेरेपीसम्बन्धी कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कार्कीले आफू ९१ वक्र्षको उमेरमा पनि नियमित प्रातः भ्रमण गरिरहेको र आफूलाई पाच्य हुने खाना मात्र ग्रहण गर्दै आएको कारण रोगमुक्त जीवन बिताइरहेको बताइन् ।

फिजियोथेरेपिस्ट डा प्रमोद सिंहले ज्येष्ठ नागरिकमा विभिन्न किसिमका शारीरिक समस्या हुने गरेको बताए । उनले श्वासप्रश्वासमा अनियमितता र पोक्षक तŒवको कमीका कारण विभिन्न रोगले ज्येष्ठ नागरिकलाई सताउने गरेकामा सोबाट निजात पाउनका लागि व्यायाम र खानामा ध्यान दिनुपर्ने सुझाव दिए । उनले आधुनिकताले स्वाभाविक क्रियाकलापबाट अलग पार्ने गरेको र ज्येष्ठ नागरिक सोही कारण पनि विभिन्न समस्याले ग्रस्त हुने गरेको बताए ।

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा जिल्ला आयुर्वेद कार्यालयले ज्येष्ठ नागरिकसँग अन्तक्र्रिया गरेको थियो ।

अन्तक्र्रियामा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा रमेश मिश्रले कोरोनालगायतका रोगको उपचार आयुर्वेदबाट सम्भव भएको बताए । उनले सहभागी ज्येष्ठ नागरिकहरूलाई आयुर्वेदिक औक्षधिको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने बताउँदै सोको सेवन गर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयले सहभागी ज्येष्ठ नागरिकहरूलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने च्यावनप्राश, अश्वगन्धा, गुर्जोलगायतका औक्षधि निश्शुल्क प्रदान गरेको थियो ।

कार्यक्रम ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here