किसानहरू भदैया र अगहनी धानको गोडमेलमा व्यस्त

0

प्रस, सेढवा, ५ भदौ/

पर्साको थरूहट क्षेत्रका किसानहरू भदैया र अगहनी धानको सोहनी (गोडमेल)मा व्यस्त छन् ।

असार मसान्तमा भदैया र अगहनी धानको रोपाइँपछि अहिले खेतमा गोडमेल गर्न किसानहरूलाई भ्याइनभ्याइ छ । धान रोपेको २० दिनमा पहिलो गोडमेल गरिन्छ भने अहिले यहाँ दोस्रो चरणको गोडमेल भइरहेको किसानहरूले बताएका छन् ।

पटेर्वासुगौली गापा–३ डेकुलीका किसान भागवत चौधरीले गोडमेल शुरू भएकोले कामदार पाउन समस्या भएको बताए । उनले परिवारका सदस्यहरू मिलेर गोडमेल गरिरहेको बताएका छन् ।
धानको बोट ठूलो भएपछि राम्रोसँग हावा र घाम नलाग्दा बाली बिग्रने भयले अहिले बाली सपार्नको लागि बेहनी लगाइएको छ ।

एक मिटरको फरकमा कुलो जस्तो बनाइ बेहनी गरिन्छ ।
भदैया मन्सुली धानलाई दुईपटक गोडमेल गरिन्छ भने अगहनी धानलाई तीनपटक गोडमेल गर्नुपर्ने किसान चौधरीले बताए ।

अहिलेको गोडमेल दोस्रो चरणको भएकोले भदैया धानको गोडमेल अब गर्नुनपर्ने तर अगहनी धानको अझ एकपटक गोडमेल गर्नुपर्ने जीराभवानी गापा–२ सेढवाका किसान अमरिका महतोले बताए ।

उनले तीन दिनदेखि १६ जना कामदार खटाएर गोडमेल गरिरहेको बताए । खेत जोत्ने समयमा यस वक्र्ष पटक–पटक पानी परेर घाँस नमर्दा धानबालीमा खर उम्रेको उनले बताए ।

सानो सारो, भदै मन्सुली, ३०४, ५५६६ र हाइब्रिडलगायतका बालीको अन्तिमपटक गोडमेल भइरहेको छ भने सोना मन्सुली, मोटरी मन्सुली र बासमतीलगायतका अगहनी धानको अझ एकपटक गोडमेल गरिने उनले जानकारी गराए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here