दलित महिला जनप्रतिनिधिलाई कुटपिट गर्ने एकजना पक्राउ

0

प्रस, परवानीपुर, ५ भदौ/

कलैया उपमहानगरपालिकामा एकजना दलित महिला जनप्रतिनिधिलाई खम्बामा बाँधेर कुटपिट गरेको घटनामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधवार राति ती महिला जनप्रतिनिधिलाई घरबाट नियन्त्रणमा लिएर खम्बामा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको र सातजना फरार रहेका छन् । कउमनपा–२७ कि दलित महिला सदस्य तारादेवी पासवानले छिमेकी एकजना केटीलाई अर्कै केटासँग भगाउन सघाएको आरोपमा स्थानीय जोगिन्द्र साहलगायतले कुटपिट एवं दुव्र्यव्यहार गरेका थिए ।

घटना सार्वजनिक भएपछि प्रहरीले पासवानको उद्धार गरेको र कुटपिटमा संलग्न जोगिन्द्र साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सो घटनामा साहलाई सघाउने सातजना हाल फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here