प्रस, वीरगंज, ५ भदौ/
वीरगंजमा शनिवार दुई ठाउँमा आयोजित रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६२ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
राइनो युवा क्लबद्वारा माईस्थानमा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित ३२ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरूमा रुवि राउत, मनीक्ष चौधरी, रियान कायस्थ, विजय यादव, आदित्य साह, विक्की बैठालगायत थिए ।
यसैगरी, स्पर्श मल्टीस्पेश्यालिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३० जनाले रक्तदान गरेका थिए । डा उमेश सर्राफ, डा महेश्वर कुर्मी, आरती देवी, निशा पाण्डे, राजन गुप्तालगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए ।