छात्राहरूलाई साइकल वितरण

0

प्रस, पंचगावाँ, ५ भदौ/

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत पटेर्वासुगौली गापा–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवाका कक्षा ८ का छात्राहरूलाई शनिवार साइकल वितरण गरिएको
छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले १६ जना छात्रालाई साइकल वितरण गर्दै देशको मेरुदण्ड शिक्षा भएको बताए । उनले शिक्षाबेगर समाज र देशको उन्नति हुन नसक्ने भन्दै सबैलाई शिक्षित हुन आग्रह गरे ।

मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले प्रदेश नं २ मा अधिकांश महिला अशिक्षित भएकाले शिक्षाको अवस्था कमजोर भएको र महिलाविरुद्धको विभेद बढिरहेको हुँदा महिलाहरूलाई शिक्षाको मूलधारमा ल्याउन मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाइएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजकिशोर दासको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नागेन्द्र यादव, शिवकुमार साह, गापा उपाध्यक्ष ममता महतो, वडाध्यक्ष विजय गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here