कोरोनाले पोखराको पर्यटन व्यवसाय चौपट

0

धर्मेन्द्र चौरसिया, पोखरा, ४ भदौ/

पश्चिमाञ्चल होटल पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष विकल तुलाचनले कोरोनाको कारण पोखराको होटल व्यवसाय चौपट भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको टोलीको सम्मानमा आयोजित अन्तक्र्रियामा अध्यक्ष तुलाचनले पोखरामा मात्र दैनिक १० हजार पर्यटक आउने गरेकामा अहिले सो सङ्ख्याको १० प्रतिशत पर्यटक पनि नआएको बताए । उनले बाह्य पर्यटकमा भारतीय पर्यटकहरू पोखरा आउन औंधी रुचाउने गरेकामा वीरगंज मुख्य नाका हालसम्म बन्द रहेको कारण भारतीय पर्यटकहरूको आवागमन पनि नभएको बताए । उनले लकडाउनको कारण पोखरामा होटल व्यवसायीहरूले ३०/३५ प्रतिशत कामदार मात्र राखेर जेनतेन गुजारा गर्दै आएको बताए । अध्यक्ष तुलाचनले आन्तरिक पर्यटन प्रवद्र्धनमा पत्रकारहरूले सहयोग गर्नुपर्ने आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीहरूले भूमिका खेल्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले पर्सा जिल्लाबाट पोखरामा आन्तरिक पर्यटक पठाउन भूमिका खेल्ने बताए । उनले पोखरा पर्यटन व्यवसायको लागि पर्सेली पत्रकारले यसअघि पनि सघाएको र आगामी दिनमा पनि सघाउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा पश्चिमाञ्चल होटल पर्यटन व्यवसायी सङ्घका पूर्वअध्यक्ष हरिशर्मा गैरे, केन्द्रीय सदस्य भरतराज पराजुली, कोक्षाध्यक्ष पार्वती पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पर्साबाट गएका पत्रकारहरूको टोलीमा उपाध्यक्ष सुक्षमा शर्मा, सचिव भूक्षण यादव, कोक्षाध्यक्ष सञ्जीव मिश्र, महेशचन्द्र गौतम, विजय कुशवाहालगायत सहभागी छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here