पर्सामा लागूऔक्षधका घटनामा वृद्धि

0

नितेश कर्ण, वीरगंज, ४ भदौ/

गत वक्र्ष लागूऔक्षधका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्कले देखाएको छ ।

आव २०७७/७८ मा लागूऔक्षधका १३३ वटा मुद्दा दर्ता भएकामा गाँजा ७८६ किलो, चरेस १५३ किलो, हेरोइन ६९ ग्राम, अफिम ८ किलो बरामद भएको छ ।

यसैगरी, फेनारगन ६४४४ थान, डाइजेल्याब ७२५३ थान, नुर्फिन ७२३२ थान र नाइट्रोभेट ८८४१ थान बरामद भएको जिप्रका, पर्साले जनाएको छ । आव २०७६/७७ मा लागूऔक्षधका १११ वटा मुद्दा दर्ता भएका थिए । जसमा ६२४ किलो गाँजा, २८ किलो चरेस, ४१ ग्राम हेरोइन, १ किलो अफिम, ३०५३ थान फेनारगन, ३३६४ थान डाइजेल्याब, ३१११ थान नुर्फिन र ६ हजार १२ थान नाइट्रोभेट बरामद भएको थियो ।

जिप्रका, पर्साको तथ्याङ्कले लागूऔक्षधमा युवा सहभागिता बढेको देखाएको छ । गत आव २०७७/७८ मा १८ वक्र्षमुनिका दुईजना, १८–२५ वक्र्षका ८५ जना, २६–३५ वक्र्षका ५६ जना, ३६–४५ का २३ जना, ४६–६० का ११ जना र ६० देखि माथिका तीनजना गरी १८१ जना पक्राउ परेको जनाएको छ ।

आव २०७६/७७ मा १८ वक्र्षमुनिका एकजना, १८–२५ वक्र्षका ८२ जना, २६–३५ उमेरका ५५ जना, ३५–४५ उमेरका २७ जना, ४६–६० उमेरका आठजना र ६० माथिका एकजना गरी १७३ जना पक्राउ परेका थिए ।

चालू आव २०७८/७९ मा १८–२५ उमेरका १२ जना, २६–३५ उमेरका नौजना, ३६–४५ उमेरका चारजना, ४६–६० उमेरका दुईजना र ६० माथिका एकजना गरी २८ जना पक्राउ परेको जिप्रका, पर्साले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here