प्रस, सिम्रौनगढ, ४ भदौ/
सीमावर्ती घोडासहनको चम्पापुर विजयी सडकनजीक शुक्रवार एकजना युवकको दिनदहाडै गोली हानी हत्या भएको छ ।
भारतीय प्रहरीले अज्ञात व्यक्तिले गोली प्रहार गरी एकजना युवकको हत्या गरेको जनाएको छ । हत्या भएका युवकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको घोडासहनका राहुल कुमारले बताएका छन् ।