मोटरसाइकल चोर्दाचोर्दै चौधरी पक्राउ

0

प्रस, वीरगंज, ४ भदौ/

मोटरसाइकल चोरी गरिरहेको अवस्थामा एकजना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

बिहीवार राति ७ बजे वीरगंज महानगर–८ पानीटङ्कीस्थित प्रभु अस्पतालको खाली ठाउँमा पार्किङ गरिराखेको धोबिनी गाउँपालिका–४ बस्ने २३ वक्र्षीय गौरव पटेलको प्रदेश २–०३–००८प७१३६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरिरहेको अवस्थामा बसपार्क प्रहरीले बारा, कोल्हवी नपा–६ बस्ने वक्र्ष २२ को जीतबहादुर चौधरीलाई पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ ।

चौधरीलगायत दुईजना व्यक्तिले मास्टर साँचोबाट मोटरसाइकलको लक खोल्दै गर्दा बसपार्क प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो भने बाँकी दुईजना फरार भए । प्रहरीले चोरीमा प्रयोग भएको ग.९प ६६५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ भने फरार भएका दुईजनाको खोजी भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here