अप्राकृतिक जीवनशैलीले क्यान्सर –प्राडा बराल

0

प्रस, निजगढ, ४ भदौ/

क्यान्सर रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोग भएपनि यसको उपचार बेलैमा गर्न क्यान्सर विशेक्षज्ञ एवं प्राडा राजेन्द्र बरालले सुझाव दिएका छन् । किवानिज क्लब अफ निजगढको आयोजनामा शुक्रवार निजगढमा क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

क्यान्सर सरुवा रोग नभए पनि बेलैमा पहिचान र उपचार गर्न ढिलाइ हँुदा शरीरको एक अङ्गबाट अर्को अङ्गमा फैलिएर सहजै सर्ने भएकोले बेलैमा रोगको पहिचान र निदानको उपाय अपनाउनु नै यसबाट बच्ने प्रमुख उपाय रहेको उनको भनाइ थियो ।

क्यान्सरको लक्षण शुरूमा देखिए पनि हेलचक्र्याइँ, लापरवाहीले बढ्दै जाँदा मानिसको ज्यानसमेत जाने र धन पनि नाश भएका घटना हाम्रो समाजमा प्रशस्त रहेको प्राडा बरालले बताए । क्यान्सर चार चरणमा यसको वृद्धि हुँदै अन्ततः मानिसको ज्यानै जाने उनले जानकारी गराए ।

जन्मजात शिशु, साना बालबालिका, किशोर, युवा, वृद्धवृद्धा, सबै उमेर समूहलाई कुनै पनि बेला लाग्न सक्ने रोग भएकोले स्वास्थ्यप्रति सचेत रहनसमेत उनले आग्रह गरे । सुर्तीजन्य, धूवाँजन्य, लागूपदार्थलगायत अप्राकृतिक अमल सेवन गर्दा र विशेक्षगरी अप्राकृतिक खानपानका कारण पनि क्यान्सर हुने गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं किवानिज प्रतिनिधि भरत ढुङ्गेलले निजगढमा क्लब भर्खरै गठन भएपनि स्वास्थ्यसम्बन्धी महŒवपूर्ण कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा किवानिज क्लब अफ मकवानपुरका अध्यक्ष एवं पूर्वप्रशासक तीर्थ पराजुली, स्थानीय जनप्रतिनिधि मङ्गल लोप्चन, समाजसेवी रविराज दङ्गाललगायतले कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा किवानिज क्लब अफ निजगढका अध्यक्ष विनोद भारतीले विशेक्षज्ञसहित क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम निजगढमा पहिलोपटक गरिएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका कोक्षाध्यक्ष खड्गप्रसाद उप्रेतीले गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here