आगलागीमा छवटा घर नष्ट

0

प्रस, पोखरिया, ४ भदौ/

धोबिनी गाउँपालिका–५ जगरनाथपुरमा गएराति आगलागी हुँदा छवटा घर जलेर नष्ट भएका छन् भने दुईवटा भैंसी घाइते भएका छन् ।

जगरनाथपुरस्थित जोखु महराको घर–गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको थियो ।

मध्यराति १२ बजे आगलागी भएर जोखुको घरसहित लक्ष्मण महरा, मदन महरा, विपत महरा, सुकट महराको गरी छजनाको घर जलेर नष्ट भएको छ ।

प्रारम्भिक अनुसन्धानमा करीब २० लाख मूल्यबराबरको क्षति भएको बताइएको छ । आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here