प्रस, सिम्रौनगढ, ४ भदौ/
इलाका प्रहरी कार्यालय, सिम्रौनगढको आयोजनामा लैङ्गिक हिंसासम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
इप्रका सिम्रौनगढबाट महिलाहरूको सहभागितामा ‘हर प्रहर गाउँ, नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ ¥याली निकाली नगरपरिक्रमा गरिएको थियो ।
नगरपरिक्रमापछि आयोजित कार्यक्रममा सहभागी महिलाहरूलाई प्रहरी निरीक्षक दीपक सुवेदी, प्रहरी नायब निरीक्षक जीतेन्द्र झा र महिला अधिकारकर्मी फूलपति देवी, गायत्री देवीलगायतले महिला हिंसा, शिक्षा, बालविवाह, दाइजो सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
यसैगरी, कार्यक्रममा वृत्तचित्रमार्फत सहभागीहरूलाई जानकारी गराइएको थियो ।