प्रियङ्काको बलात्कारपछि हत्या भएको आशङ्का

0

प्रस, सर्लाही, ४ भदौ/

लालबन्दी नगरपालिका–१७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै परिवारजनले शव नबुझेका हुन् ।

बलात्कारपछि हत्या गरेर शव गाडेको हुन सक्ने परिवारजनको आशङ्का छ । बुधवार नै मृतकको शव परीक्षण भएपनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमैं राखिएको छ । साउन ३१ गते राति करीब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगंज डाँडाटोलका राजेश भुजेलकी १४ वक्र्षीया छोरीको शव गत मङ्गलवार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रियङ्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लालबन्दी–१७ का १८ वक्र्षीय किसन साह र सोही स्थानका १९ वक्र्षीय अनिश दाहाललाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी गराएको छ । दोक्षी पत्ता लगाइ कानूनबमोजिम कारबाई गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव बुझेको छैन ।

पक्राउ परेका युवकद्वयले नै युवतीको शव गाडेको स्थान देखाएका थिए । घटनाको छानबिन र दोक्षीलाई कारबाईको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । उनीहरूले बुधवार पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए भने बिहीवार पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो ।

१४ वक्र्षीया भुजेलको उमेर प्रहरीले बढाएर १६ वक्र्ष बताएको र पक्राउ परेका दोक्षीलाई सार्वजनिक नगरेको भन्दै पीडित पक्ष आक्रोशित बनेको छ । उनीहरूले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाएका छन् ।

यस क्रममा प्रदेश नं २ प्रदेशसभाका सांसद प्रमोद साहले पीडित पक्षलाई भेटेर न्यायको निम्ति प्रदेशसभामा आवाज उठाउने र मुख्यमन्त्रीलाई घटनाबारे जानकारी गराउने बताएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here