पर्सा/बारामा १६३ जनाद्वारा रक्तदान

0

प्रस, वीरगंज, ४ भदौ/

पर्सा र बारामा शुक्रवार भएको रक्तदान कार्यक्रममा नौजना महिलासहित १६३ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा र पोखरिया नगरपालिकाको संयुक्त आयोजनामा पोखरियामा भएको रक्तदान कार्यक्रममा चारजना महिलासहित ७३ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए ।

कार्यक्रममा अनिल गिरी, जनार्दन गिरी, सरिता चौधरी, उर्मिला गिरी, लालबहादुर साह, राकेश चौरसियालगायतले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवानप्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले रक्तदान गर्ने ब्याग दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले पोखरिया नपाले अहिलेसम्म ८/१० पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रगतको महŒवबारे प्रकाश पार्दै उनले रक्तदानमा सबैलाई सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सलमा खातुन, संविधानसभा सदस्य प्रद्युम्न चौहान, रामेश्वर रौनियार, ललन द्विवेदी, दयाशङ्कर सिंह, उदयराज शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विनोद गिरीले गरेका थिए ।

यसैगरी, नेपाल बहुराष्ट्रिय कम्पनी मजदूर युनियन सूर्य नेपालले बाराको सिमरामा आयोजना गरेको रक्तदान कार्यक्रममा छजना महिलासहित ९० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । युनियनका अध्यक्ष देवेन्द्र सिटौलाले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बेनी तिमल्सिना, अजय दास, यशोदा पुडासैनी, शोभा खतिवडा, राजेश क्षत्री, अजय श्रेष्ठ, रामप्रसाद ढुङ्गानालगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here