पूर्वमुमाबडामहारानीको जन्मोत्सव

0

प्रस, वीरगंज, ४ भदौ/

पूर्वमुमाबडारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९४औं जन्मोत्सव वीरगंजमा मनाइएको छ । देशभक्त, राजभक्त समूहका अध्यक्ष दीपेन्द्रप्रसाद रौनियारको अध्यक्षतामा वीरगंजको महावीर मन्दिर परिसरमा जन्मोत्सव मनाइएको हो ।

कार्यक्रममा राजकिशोर चौबे, सतीश श्रीवास्तव, मोतीउर रहमान, रवि लाठ, शशी कुमारी, खुश्बु चतुर्वेदी, सन्तोक्ष रौनियारलगायतको सहभागिता थियो ।

यसैगरी, नेपाल राष्ट्रवाद सङ्घले वीरगंजमा ¥याली प्रदर्शन गर्दै बालमन्दिरस्थित पूर्वमुमाबडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको प्रतिमामा माल्यार्पण गरेको छ ।

सङ्घका अध्यक्ष जनकलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गीता देवी, उमाशङ्कर प्रसाद, सन्तोक्ष गुप्ता, विष्णु कुमार, राजेन्द्रपाल बजरङ्गी, हरेराम प्रसाद, राजन गुप्ता, अच्छेलाल साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here