प्रस, सेढवा, ४ भदौ/
ठोरीको ठुटेखोलाबाट जल भरेर आएका काँवरियाहरूले साउनको त्रयोदशीका दिन शुक्रवार जीराभवानी मन्दिरमा जल चढाएका छन् ।
जीराभवानी गापा अन्तर्गत सेढवा, परसवा, नौकाटोला, सहजानपुर, जीतपुर, पिपडारी, महादेवपट्टि, पकडी टोलाका काँवरियाहरूले जल चढाएका हुन् । सयौंको सङ्ख्यामा रहेका उनीहरूले हिजो ठोरी गापाको ठुटे खोलाबाट जल भरेर ल्याएका थिए ।
काँवरियाहरूलाई वडा नं ३ जीतपुरका बासिन्दाहरूले आज निश्शुल्क भोजन गराए । साउने त्रयोदशीको दिन जीराभवानी मन्दिर आसपासका भक्तजनहरूले पनि श्रद्धापूर्वक पूजा अर्चना गरेका थिए ।