- समीर पाख्रिन
गताङ्कको बाँकी …
अङ्कित ः (मोबाइलमा) ल अब के भन्ने होला १ हेलो, उक्षा, म आउन पाउँदिन आज । हजुरआमालाई सन्चो छैन । अस्पताल लिएर आएको छु । सरी, भोलि भेटौंला नि है ।
उक्षा ः उफ ! यो अङ्कित पनि … । ल ल राखें । तिमीलाई कल गर्दागर्दा ब्यालेन्स पनि सकिसक्यो ।
नजीकै मोबाइल वार्तालाप सुनेर बसेकी सुशीला छोरीतिर आँखा तरेर हेर्छे ।
उक्षा ः के हेर्नुभएको रिस उठ्दो अनुहार पारेर ?
सुशीला ः चाँडोचाँडो पढेर एउटा जागीर खाली कि भनेको, नक्कल पार्दा र त्यसको कुन चाहिं आवारा पोइसित घुम्दै ठीक्कै छ यसलाई ।
उक्षा ः हजुर चाहिं डुल्दै नडुली, भेट्दै नभेटी बाबासँग आउनुभएको पक्कै होइन होला त । मामुले बाबालाई लेख्नुभएको लभ लेटर मैले अस्ति मात्र बाकस सफा गर्दा भेट्टाएको थिएँ । मामु पनि वैंशमा त कमकी हुनुहुन्न रहिछ नि ।
सुशीला ः (एकाएक जुरुक्क उठ्दै) धेरै बोल्छेस् तेरो जगल्टा छरिदिऊ ? कहाँ जानु छ, तुरुन्त गई हाल् ।
उक्षा हाँस्दै भागेर केही पर गएर उभिन्छे ।
०००
समय ः मध्याह्न । स्थान ः अङ्कितको घर ।
अङ्कितले हजुरआमालाई फकाउन भान्सामा पसेर पहिले दूध तताउँछ र हर्लिक्स बनाएर दिन्छ।
अङ्कित ः हजुरआमा, हजुरलाई आरामै छ होइन त ? लिनोस् हर्लिक्स पिउनुस् । तपाईंका कपडाहरू पनि नधोएको निकै दिन भइसकेको जस्तो छ । भोलि शनिवार म धोइदिन्छु है ।
त्यसपछि पानी तताएर थर्मसमा राखिदिन्छ र हजुरआमाका कपडाहरू स¥याइदिन्छ । कोठासमेत कुँचो लगाउँछ ।
वृद्धा ः मेरो नाति केटा कति ज्ञानी भएछ । तर बिहानैदेखि तेरो अनुहार किन मलीन र उदास देख्दैछु । सन्चो छैन कि कसो तँलाई बाबु ?
अङ्कित ः होइन मलाई सन्चै छ हजुरआमा । (हजुरआमाको गोडा मिच्दै) मामुबुबाले हजुरलाई हेला गरेको देख्दा मेरो मन सा¥है दुख्छ । आफ्नै छोरी भएर पनि किन त्यति निठुरी भएकी होली हाम्रो मामु । हजुरआमा, बाबा–ममी कहिले फर्कनुहुन्छ ?
वृद्धा ः मलाई के थाहा बाबु । तेरो बाबाआमाले मलाई सोधेर भनेर जान्छन् र ।
अङ्कित ः त्यही त । चाँडै आइदिए हुन्थ्यो । मलाई चाहिं समस्या प¥यो के ।
वृद्धा ः तँलाई के समस्या प¥यो मलाई भन्न । म पनि तेरो हजुरआमा हँु ।
अङ्कित ः खै हजुरआमा तपाईंलाई के भन्नु ? हजुर आफैं पीडित हुनुहुन्छ । भनेर के गर्नु ?
वृद्धा ः मैले तेरो समस्या बुझें अङ्कित । तँलाई पैसा चाहिएको छ होइन त ?
अङ्कित ः हो तर तपाईंसँंग पनि त हुनुप¥यो । हजुरको पेन्शन रकम पनि मामु आफैंले राखेकी देखेको छु ।
वृद्धा ः के गर्नु बाबु, मेरै भाग्य त्यस्तो । छोरीले बुढेसकालमा हेर्छ कि भनेर सबै सम्पत्ति उसैको नाममा गरिदिएँ । अहिले तेरी हजुरआमाको यो अवस्था छ । अँ तँलाई कति रुपैयाँ चाहियो भन्न ? म दिन्छु ।
अङ्कित ः हजुरआमा, मलाई ममी–बाबा नआउन्जेलका लागि हजार रुपैयाँ जति चाहिएको छ।
वृद्धा ः ला साँचो, ऊ त्यो बाकस खोलेर हेर्, एउटा रातो फ्लाटिनको थैली छ ।
अङ्कित ः (खोलेरहेर्दै) छ हजुरआमा ।
वृद्धा ः यता ले ।
अङ्कित ः (थैली निकालेर दिंदै) लिनुहोस् ।
वृद्धा ः (थैली खोलेर रुपैयाँको बिटोमध्येबाट एउटा हजारको नोट झिकेर दिंदै) ला बाबु, अलिक फारो गरेर खर्च गर्नु । यो थैली त्यही बाकसमा राखि दे । यो पैसा मैले मरेपछि आफ्नो काजकिरिया गर्न राखेकी । मलाई तेरो बुबाआमाप्रति विश्वास छैन । म मरे भने पनि मेरो काजकिरिया गर्ने हुन् कि होइनन् तेरो बुबाआमाले, मलाई चिन्ता लागिरहन्छ । यसैले केही रुपैयाँ चेपी राखेकी छु । खै ले साँचो ।
अङ्कितले साँचो दिन्छ ।
०००
समय ः मध्याह्न । स्थान ः सैनिक ब्यारेकको अगाडिको सडक खण्ड ।
(उक्षा अङ्कितसँग मोबाइलमा कुरा गर्दै घण्टाघरतिर आइरहेकी छे)
उक्षा ः (मोबाइलमा) ल ल म तिमीलाई हिमाञ्चल केबिनमा पर्खंदै गर्छु अलिक चाँडो आऊ है । (मोबाइल राखेपछि आफैंसित) एउटा आइसक्रीम खाँदाखाँदै अङ्कित पनि आइपुगिहाल्छ ।
०००
समय ः उही । स्थान ः अङ्कितको घर ।
अङ्कित बाहिर बार्दलीमा निस्केर उक्षासित फोनमा कुरा गर्दै गर्दा हजुरआमा बार्दलीमा देखा पर्छिन् ।
हजुरआमा ः अङ्कित कोसित कुरा गरेको बाबु ? तेरी आमासित हो ?
अङ्कित ः होइन हजुरआमा, साथीले खै किन हो बजार एक क्षण आइज् भनेर फोन गरेको छ।
हजुरआमा ः पुगेर आइज् न त । केही काम नपरेर त बोलाएनन् होला ।
अङ्कित ः एक क्षण पुगेर आइहाल्छु है हजुरआमा ?
हजुरआमा ः ल ल पुगेर आइहाल् । मलाई पनि सन्चो छैन ढिलो नगर् ।
अङ्कित ः हस् हस् ।
अङ्कित उक्षालाई भेट्न चाँडो–चाँडो बजारतिर प्रस्थान गर्छ ।
०००
समय ः अपराह्नको दुई बजेको छ । स्थान ः हिमाञ्चल केबिन ।
उक्षाले अङ्कितलाई हिमाञ्चल केबिनमा आइसक्रीम खाँदै पर्खिरहेकी छे । ऊ पटकपटक नाडी घडी हेर्छे । अङ्कित आइपुगेपछि उक्षा अङ्कितसित ढिलो गरी आएकोमा कृत्रिम रिस प्रकट गर्छे।
क्रमशः