रमाइलो संसार

0

कुरोको चुरो

  • मुकुन्द आचार्य

यो संसार साँच्चै रमाइलो छ, असाध्यै रमाइलो छ । कसैले यस्तो खतरा बयान सबका सामु भन्यो भने सुन्ने जति सबैको मनमा प्रश्न जन्मनेछ– यो खुस्केटलाई यो संसार कसरी रमाइलो देखियो ? गजब छ बा १ यस्तालाई पागलखानामा राख्नुपर्ने ।

अचेल यौटा चालू भनाइ यस्तो पनि छ– हामी यो सृष्टिलाई त फेर्न सक्दैनौं, त्यसैले आफ्नो दृष्टिलाई फेरौं । यो कुरा त कस्तो भयो भने मान्छेले आफ्नो इच्छा र आवश्यकता अनुसार लुगा फेर्छ । दृष्टि फेर्नु भनेको कुरा चानचुने त हुँदै हुँदैन । यो भन्न जति सजिलो छ, गर्न उत्तिकै गा¥हो !

सजिलै दृष्टि फेरिने भए संसारमा यत्रो रडाको मच्चिने नै थिएन । प्रायः सबैलाई यो संसार सुन्दर, रमाइलो नै लाग्ने थियो । तर व्यवहारमा त्यस्तो कहाँ हुन्छ र !? सर्वत्र झगडा, द्वन्द्व, अशान्ति, कलह, काटमार, द्वेक्ष, घृणा, वैमनस्य व्याप्त छ । अनि यो संसारलाई कसरी रमाइलो भन्ने ? सुन्दर भन्ने ? गा¥है छ त्यस्तो भन्न । यो सजिलै हुने त कुरै भएन ! सबै भुक्तभोगी नै छौं ।

वकीलले तर्क–कुतर्क गरेर गलतलाई सही प्रमाणित गर्न सक्छ । तर अन्यत्र हैन, अदालतमा मात्र हुन सक्छ । अथवा केटाकेटीहरूका रमाइला च्यानल र शोमा मात्र यो सम्भव हुन सक्ला । हेर्ने दृष्टिकोण बदलेपछि नर्क पनि स्वर्गझैं सुन्दर देखिन सक्ला । तर कुरोको चुरो त रहिरह्यो नि जस्ताको त्यस्तै । लुगा फेरेजस्तो त हैन नि !

यस वक्र्ष नेपालको कोटामा अतिवृष्टि र त्यसका अत्यन्त दुःखद दुष्परिणामहरू परेको रै‘छ । सबैले बुझेकै छन् हेरेकै छन्, भोगेकै छन् । जनधनको थोक क्षति नेपालीले भोग्नुप¥यो । नेपालीको जपना थियो– मेलम्चीको पानी ! उपत्यकावासीले खानी ! तर बाढीले बगाइलग्यो पानी खाने सपनी !

भर्खरै केही समय पहिलादेखि मेलम्चीको पानी खान पल्केका बिचराहरू हिस्स बूढी हरियो दाँत भए । के गर्नु, मर्नु न बाँच्नु भएन ?

अब यसैलाई सकारात्मक दृष्टिले हेर्नेले भन्ला– वाह ! लौ हेर प्रभुको लीला वा प्रकृतिको लीला । नाश–विनाश भएपछि पो पुनर्निर्माण हुन्छ । थोत्रा पुराना जीर्ण शीर्ण घरहरू हटेनन् भने नयाँ–नयाँ वास्तुकलाको विकास कसरी हुन्छ त ? रूखका पुराना पात झरेपछि पो नयाँ–नयाँ पालुवाहरूले प्रकृतिको शृङ्गार हुन्छ । कतै मान्छे मर्छ, कतै जन्मिरहेको हुन्छ ।

अझ शुद्ध अध्यात्मवादीले त एक वाक्यमा सिध्याइदिन्छ, ‘भगवान्ले जे गर्छन्, राम्रैका लागि गर्छन् ।’ यति भनेपछि त सक्किगो नि !

अलि–अलि पढेलेखेकाहरूले पनि सजिलै भन्दिन्छन्– ‘ह्वाटएभर गड डज फर द गूड !’ अर्थात् भगवान्ले जे गर्छन्, राम्रैका लागि गर्छन् । तर यस कुरालाई प्याच्च भन्न त धेरै सजिलो छ । तर व्यवहारमा हरेक अवस्थालाई प्रभुको प्रसाद मानेर खुशी–खुशी स्वीकार्न सक्ने बहादुर मान्छे एक थान पाउन पनि असम्भव नभए पनि गा¥हो त पक्कै पनि छ ।

विकासवादीहरू भन्लान्– प्रकृतिसँग हार मान्यो भने त विश्वमा विकासको मुहान नै सुक्छ । विकास हुनै सक्दैन । प्राकृतिक विनाशका सामु घुँडा टेक्नुहुन्न ।

यथार्थवादीहरूले भन्न सक्छन्– अरूलाई उपदेश दिन त निकै सजिलो छ । आफ्नो टाउकोमा परेपछि थाहा हुन्छ । ‘परोपदेशं पाण्डित्यं सर्वेक्षां सुकरं नृणाम् ।’ अर्थात् पण्डित बाजेले प्रवचन छाँट्दा चै लसुन, प्याज खान हुन्न भन्ने र घरमा गएपछि चैं बूढीलाई प्याज, लसुन नभए त भोजनको स्वाद आउँदैन भनेजस्तै भयो त । भनिएकै छ ‘पर उपदेश कुशल बहुतेरे स जे आचरहिं ते नर न घनेरे ।’ हो पनि सबैले उदारतापूर्वक दिने तर कसैले लिन नचाहने यो मोरो उपदेश नै त हो नि !

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here