“माई चिन्ता ना कर, मामा अइहन ।”

0
  • राजेश मिश्र

रखिया बंधा ल भैया, सावन आइल ।
जिय तु लाख बरिस हो ।
रेशम के धागा बाँधेम, तोहरे कलइया ।
माथे लगाइब टीका, ले के बलइया ।
तहरा त लागो भैया, हमरो उमरीया ।
बहिन देली, आशिक्ष हो ।

उपरोक्त भोजपुरी गीतमा भ्रातालाई लाख वक्र्ष बाँच्ने आशीर्वचनसँगै मेरो उमेर पनि भ्रातालाई लागोस् भन्ने बहिनीले कामना गरिरहेकी छन् । रक्षाबन्धन पर्वलाई मधेसमा ‘राखी’ भनिन्छ । साउन महीना शुरू भएसँगै रक्षाबन्धनमा आधारित नेपाली, मैथिली, भोजपुरी तथा हिन्दी गीतहरू बज्न थाल्छन् । उहिले मोबाइल थिएन । त्यसैले खासगरी ससुरालमा रहेका बहिनीहरू माइतबाट भाइ नआउन्जेलसम्म पर्खिरहन्थिइन् । प्रविधिको विकाससँगै भाइ कहिले आउँछ ? कति बजे आइपुग्छ ? लगायतका पलपलका खबर दुवै पक्षलाई जानकारी भइरहेकाले व्याकुलता वा असमञ्जस उहिले जस्तो अहिले छैन । अपवादबाहेक सासू, नन्द तथा पतिले भाइ आएन भने व्यङ्ग्य प्रहार गर्ने बानी अहिले कम हुँदै गएको छ । बहिनीहरूको मनमा आघात पु¥याउने कर्तव्य कुनै पनि पक्षबाट हुनुहुँदैन ।

रक्षाबन्धनको महŒव

हिन्दू धर्मका हरेक धार्मिक अनुष्ठानमा रक्षासूत्र बाँध्ने बेलामा आचार्यले संस्कृतको एक श्लोक उच्चारण गर्छन्, जसमा रक्षाबन्धनको सम्बन्ध राजा बलिसँग स्पष्टतः दृष्टिगोचर हुन्छ ।

येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः ।
तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ।।

अर्थात् जुन रक्षासूत्रले महान् राजा बलिलाई बाँधिएको थियो, सोही सूत्रले म तिमीलाई बाँधिरहेकी छु । हे रक्षे (राखी) तिमी अडिग रहनु । आफ्नो रक्षाको सङ्कल्पबाट कहिल्यै विचलित नहुनु ।

हिन्दू धर्म–संस्कृति अनुसार रक्षाबन्धनको यो पावन पर्व साउन महीनाको पूर्णिमाको दिन मनाइन्छ । यो पर्वले भाइ र बहिनीलाई स्नेहको धागोमा एकबद्ध गर्दछ । यस दिन बहिनीले भाइको ललाटमा टीका लगाएर रक्षासूत्रले बाँध्छिन्, जसलाई रक्षाबन्धन वा राखी भनिन्छ । रक्षाबन्धनमा रक्षासूत्रको सबैभन्दा बढी महŒव हुन्छ ।

राखी कच्चासुत जस्तो सस्तोदेखि लिएर रेश्मी धागो अथवा सुन वा चाँदीको हुन सक्छ । रक्षाबन्धन भाइबहिनीबीच पे्रम तथा अपनत्वको पर्व हो । रक्षाको अर्थ सुरक्षा र बन्धनको अर्थ बाँध्नु हो । रक्षाबन्धनको दिन बहिनीहरूले भ्राताहरूको दीर्घजीवन, उन्नति र प्रगतिको कामनासहित भगवान्सँग प्रार्थना गर्छन् । राखी सामान्यतः बहिनीहरूले दाइभाइहरूलाई बाँध्छन्। यद्यपि ब्राह्मण, गुरु तथा परिवारका कनिष्ठ छोरीद्वारा सम्मानित सम्बन्ध जस्तै पुत्रीद्वारा पितालाई पनि बाँध्ने गरिन्छ । यसको अलावा सार्वजनिकरूपमा नेता वा प्रतिष्ठित व्यक्तिलाई पनि राखी बाँध्ने चलन रहिआएको छ ।

बहिनीको अशेक्ष आशीर्वचन

बिहानको एघार बजिसकेको थियो । माइतबाट अहिलेसम्म दाइ आएका छैनन् । योभन्दा अघिका वक्र्षहरूमा एक दिनअगावै अथवा बिहान ८ बजेसम्म आइपुग्ने दाइ अहिलेसम्म किन आइपुगेनन् ? मनमा चिन्ता भयो । बहिनीको बिहे भएदेखि दाइ राखीमा नआएको दिन थिएन । त्यसैले बहिनीलाई चिन्ता लाग्नु स्वाभाविक थियो । दाइ अवश्य आउँछन् भन्नेप्रति पनि बहिनी पूर्ण विश्वस्त थिइन् । खुशीले अघिल्लो राति बहिनीलाई निद्रा लागेको थिएन । राखीको दिन बिहान पाँच बजे उनी उठिसकेकी थिइन् ।

नित्य कर्म र स्नानादिपश्चात् घरसारको काम फटाफट गरिरहेकी थिइन् । हुनत उनको माइत खासै टाढा थिएन । झन्डै चार कोश मात्र टाढा थियो । तर दाइ शहरमा काम गर्थे । शहरमा बस्थे । रक्षाबन्धनमा अहिले पनि सार्वजनिक बिदा छैैन र उहिले पनि थिएन । यद्यपि बिदा लिएर भएपनि दाइ आउँथे । आजको जस्तो एकअर्कासँग सम्पर्क गर्ने द्रुत साधन उहिले थिएन । उहिले आश्चर्यजनकरूपमा भ्राताको आगमन बहिनीको घरमा हुन्थ्यो । र नआउन्जेलसम्म मनमा छटपटी भइरहन्थ्यो ।

बहिनीको बिहे सामान्य परिवारमा भएको थियो । यद्यपि आज बहिनीले खानामा दाल, भात र पकौडा पकाउनुका साथै दही र अचारको प्रबन्ध गरिसकेकी थिइन् । उहिलेको मिठाइ थियो, ‘बतासा’ । चिनीको चासनीले बनाइने रङ्गबिरङ्गी बतासा नै गाउँदेहातमा उपलब्ध थियो । बहिनीले एक दिनअगावै राखी र बतासा खरीद गरिसकेकी थिइन् । गत चैत नवमीमा देवी भगवतीलाई चढाइएको एकमात्र रातो साडीको अलावा बहिनीसँग नयाँ साडी थिएन । उही रातो साडी, महावर तथा पायल आदिमा सजिएर दाइको प्रतीक्षामा बहिनी उदास थिइन् । पति तथा छोराछोरीलगायत घरका अन्य सदस्यहरूले खाना खाइसकेका थिए । दाइको पर्खाइमा बहिनीले अहिलेसम्म अन्न त के पानीसमेत ग्रहण गरेकी थिइनन् । यता सासू, नन्द र पतिद्वारा ‘भैया ना अइहन का ?’ भन्दै व्यङ्ग्य प्रहार भइरहेको थियो । तर आमाको चिन्ता देखेर सानो छोराले सान्त्वना दिंदै भन्यो, “माई चिन्ता ना कर, मामा अइहन ।”

दिउँसोको एक बजिसकेको थियो । छटपटीपूर्ण अवस्थामा बहिनी घरको आँगनमा बसिरहेकी थिइन् । घरबाहिर साइकलको घण्टी बज्ने बित्तिकै दौडेर ढोकानजीक जान्थिन् । ढोकाको प्वालबाट हेर्थिन् । दाइलाई देख्थिनन् । पुनः आँगनमा आएर थचक्क बस्थिन् । टाटीको भित्तामा अडेस लगाएर भुइँमा बसेकी थिइन् । मनमा अनेकौं कुरा खेलिरहेको थियो । विगतका रक्षाबन्धनका दिनहरू सम्झिंदै आँखा झिम्म हुने बित्तिकै उनी सपनामा हराइन् ।

बिहान करीब आठ बजे दाइको आगमन भयो । त्यति बेला बहिनी खाना पकाइरहेकी थिइन् । दाइलाई हेर्ने बित्तिकै उनको मन गदगद भयो । खुशीको अश्रु आँखाबाट झरिरहेको थियो । किनभने झन्डै ६ महीनापछि दाइ र बहिनीको भेट भएको थियो । दाइसँग माइतीको हालखबर सुन्न उनी आतुर थिइन् । त्यसैले चाँडचाँडो घरको काम भ्याउन थालिन् । एक घण्टामा सबै काम सकियो । दौरीमा राखी, टीका र बतासा सजाएर ल्याइन् ।

माटोको दियोमा तेल र कपडाको बत्ती ठीक्क पारिन् । काठको कुर्सीमा दाइलाई बसाइन् । टीका लागाइन् । दाइको दाहिने हातमा राखी बाँधिन् । आरती उतारिन् । त्यसपछि दाइलाई ढोगेर आशीर्वाद लिइन् । दाइले साडी, शृङ्गारका सामग्री, मिठाइ तथा नगद उपहार दिए । भनिन्छ, माइतीको कुकुरलाई देखेर पनि बहिनीहरूको मन गदगद हुन्छ रे । दाईलाई देखेपछि बहिनीको मन कति प्रफुल्लित थियो भन्ने कुरा वर्णन गरी साध्य छैन ।

दाइ खाना खाइरहेका थिए । बहिनीले बाँसबाट निर्मित हाते पङ्खाले हम्किरहेकी थिइन् । बहिनीले सोधिन्, “भैया कह ना आपन हालखबर । माई के तबीयत ठीक बा नु ? भौजी कैसन बाडी ? काका के बेटी के बियाह तय हो गइल ?” अर्थात् दाइ सुनाउनुस् न आफ्नो समाचार । आमालाई सन्चो छ नि ? भाउजूलाई कस्तो छ ? काकाको छोरीको विवाह तय भयो ? लगायतका जिज्ञासा प्रकट भइरहेको थियो । खाना खाइरहेका दाइले बीचबीचमा पानी खाँदै पालैपालो बहिनीको प्रश्नका उत्तर फर्काइरहेका थिए ।

सपना देखिरहेकी उनको कानमा ‘माई, मामा आगइलन (मामा आउनुभयो)’ मधुर ध्वनि कानमा पुगिरहेको थियो । पाँच वक्र्षीय छोराको ठूलो शब्द ध्वनिले अन्ततः उनी ब्यूँझिइन् । विपनामा फर्किइन् । उनी एकटक छोराको अनुहारमा हेरिरहेकी थिइन् । यतिकैमा ‘बबी’ भन्दै घरमा दाइको प्रवेश भयो ।

अघि उनी सपनामा थिइन् भन्ने कुरा अहिले यकीन भइसकेको थियो । उनी भावविह्वल भइन् । दाइको खुट्टा समातेर अश्रुधारा पोख्न थालिन् । दुवैतर्फ खुशीको अश्रु आँखामा स्पष्ट देखिइरहेको थियो । ‘आयुष्मती भव’ भन्दै दाइले बहिनीलाई उठाए । विविध कुरा सुनाउँदै दाइले बहिनीलाई हँसाउने प्रयास गरिरहेका थिए । अहिले बहिनी निकै खुशी थिइन् । पति परमेश्वरसँग भनिन्, “सुनाता, भैया आगइलन ।” अघिदेखि पत्नीलाई जिस्काइरहेका पतिको लज्जापूर्ण अनुहार हेर्न लायक थियो ।

किन ढिलो आएको भन्दै दाइसँग गुनासो पोखिन् । दाइले कारखानामा काम गर्ने साथीकी बहिनी अस्पतालमा भर्ना भएकी र उनलाई रगत दिन अस्पताल गएकोले ढिलो भएको कुरा अवगत गराए । राखीको पावन अवसरमा रगत दिएर साथीकी बहिनीको ज्यान बचाएकाले दाइप्रति बहिनीको स्नेह झन् बढ्यो । अहिले दाइप्रति कुनै प्रकारको दुःखेसो थिएन ।

बहिनीका सबै पीडा

हरण भइसकेको थियो । असाध्यै खुशीको साथ दाइलाई राखी बाँधिन् । आरती उतारिन् । मिठाइ खुवाइन् । अशेक्ष आशीर्वचन दिइन् । प्रत्येक वक्र्षझैं बहिनीको लागि दाइले उपहार ल्याइदिएका थिए । अहिले हक्र्षोल्लासपूर्ण माहोलमा एकअर्काको सुखदुःख साझा भइरहेको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here