प्रशस्त नदी र खोलाहरू भएको हाम्रो मुलुकमा भूक्षय, नदी कटान र डुबानको समस्या बर्सेनि झेल्नुपरेको छ । हिमाली, पहाडी वा तराई क्षेत्र, नदीखोलाले सबैतर्फ पीडा दिएका छन् । कटान र डुबानका समस्या सबैतर्फ भए तापनि यसको नियन्त्रणका लागि गरिएका प्रयासहरू भने फरक छन् । विशेक्षगरी तराई–मधेस क्षेत्रमा हरेक वक्र्ष अस्थायीरूपले नदी नियन्त्रणका प्रयासहरू भइरहेका छन् भने हिमाली तथा पहाडी क्षेत्रमा नियन्त्रणका प्रयासहरू दीर्घकालीनरूपमा भइरहेका छन् । चुरे मुहान भएका नदी, खोलाहरूमा बर्खाको समयमा मात्रै बाढी आउने हो । त्यही चार महीना बर्खामा बाढी आउने नदी, खोलाले पनि तराई–मधेस क्षेत्रका बासिन्दाको खुशी उजाडिरहेको छ । बर्खा शुरू भएपछि कति बेला बस्ती छोडेर भाग्नुपर्ने हो, त्रास शुरू हुन्छ । डुबान र कटानको समस्या यहाँ उत्तिकै छ । डुबानको कारण अन्न तथा तरकारी बाली नाश हुनुका साथै बस्ती डुबानमा पर्दा घरभित्र रहेका अन्नपातसमेत गुमाउनुपर्ने अवस्था छ । त्यसैगरी, नदी कटानको कारण कृक्षियोग्य भूमि बर्सेनि बगरमा परिणत हुँदैछन् भने बस्ती विस्थापित हुने क्रम बढ्दो छ ।

नदी, खहरे खोला रहेका पालिकाहरूले हरेक वक्र्ष करोडौं रुपैयाँको बजेट नदी तटबन्धमा छुट्टयाउने गरेका छन् । यसरी छुट्टयाइएको बजेटले दिगो काम भएको कतै देखिंदैन । अघिल्लो वक्र्ष नदी नियन्त्रणको काम गरिएकै स्थानमा अर्को वक्र्ष कटान तथा डुबानको समस्या ज्यूँका त्यूँ हुन्छ । यसो हुनुको कारण छ । यहाँ नदी नियन्त्रणका उपायभन्दा पनि बजेट पचाउने उपायतर्फ ध्यान दिइन्छ । नदी नियन्त्रणका लागि बालुवाको तटबन्ध, माटोको बाँध र अवैज्ञानिक ग्यावियन भर्ने कार्य भइरहेका छन् । यस्ता उपायहरूले दीर्घकालीन नदी नियन्त्रण नभई दीर्घकालीनरूपमा बजेट स्वाहा गर्ने बाटो बनाएको हुन्छ । बालुवाकोे तटबन्ध नदीको एकै झोंक्काले सम्याइदिन्छ । माटोको बाँधमा पनि वक्र्षात्को पानीले गलेपछि दम रहँदैन । अवैज्ञानिक किसिमले लगाइएको ग्यावियन बर्खाको बाढीले खनेर पल्टाइदिन्छ । यसरी पल्टाउन नसके जमीनमा भसाएर नदी माथिबाट बग्न थाल्छ । यसो हुँदा फेरि समस्या जस्ताको तस्तै ।

बा¥है महीना तीव्र गतिमा बग्ने पहाडी ठाडो खोला नियन्त्रण गर्न सकिएको छ भने १२ महीनामा चार महीना बग्ने तराई–मधेसका खहरे खोला किन नियन्त्रण गर्न सकिएको छैन ? स्पष्ट छ, नदीको प्रकृति तथा बहाव अनुसार वैज्ञानिक किसिमले तटबन्ध नगरिएको कारण यसो भएको हो । बजेट धेरै लागे पनि दिगो हुने किसिमले तटबन्ध निर्माण गर्ने हो भने एकै वक्र्षमा सम्पन्न नहोला तर त्यसलाई बर्सेनि विस्तार गर्दै लैजाँदा ठूलो परिमाणमा काम हुन्छ । जसले दीर्घकालीनरूपमा नदी नियन्त्रण सम्भव छ । नदीको बहावले जहाँ आरसिसी वाल मागेको छ, त्यहाँ तारजालीले काम गर्दैन । त्यसैगरी, जुन स्थानमा जमीन खनेर ग्यावियन भसाउँदै सतहमाथि ल्याउनुपर्ने हो, त्यहाँ केवल नदीको सतहमाथि थोपरिएको ग्यावियनले धान्न सक्दैन। प्राविधकको अनुसन्धान एवं मापदण्ड अनुसार भन्दा पनि बजेट अनुसार तटबन्धको योजना बन्ने गरेको छ । यसरी छुट्टयाइने बजेट पनि सम्बन्धित तहका हर्ताकर्ताले आफ्नो आसेपासेको टाउको गनेर भाग शान्ति छुट्टयाइएका हुन्छन् । बर्सेनि बालुवामा पानी खन्याएझैं खोलामा स्वाहा पारिने बजेटलाई दीर्घकालीन गुरुयोजना बनाएर लगानी गर्ने हो भने नदी नियन्त्रणका लागि पर्याप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here