प्रस, परवानीपुर, ३ भदौ/

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक कुलमान घिसिङ भित्रिंदा पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय कमजोरी कम भएको छैन । कार्यालयबाट पाउने सेवा सुविधाहरू जनताले सहज र सरलरूपमा नपाउने गरेको गुनासो बढ्दै छ । एक वक्र्षअघि  आएका वितरण केन्द्रका प्रमुख शम्भु कुसियैत यादवका कारण कार्यालयमा बेथिति बढ्न गएको उपभोक्ताहरूले आरोप लगाएका छन् ।

 “गजबको बेथिति छ, वीरगंज विद्युत् प्राधिकरण वितरण केन्द्रमा, न मिटर छ, न पोल,” वीरगंज कुम्हालटोलका एक व्यवसायीले भने, “डिजिटल मिटरको लागि निवेदन, शुल्क र प्रक्रिया पु¥याएको तीन महीना बितिसक्दा पनि घरमा मिटर जडान हुन सकेको छैन ।” उनले आफ्नो नाम गोप्य राख्दै कार्यालयमा गत असार दोस्रो सातादेखि धाउँदा धाउँदा थाकिसकेको तर हालसम्म कर्मचारीले मिटर जडान नगरेको गुनासो गरे । वीरगंज महानगर–२१ लिपनीबिर्ताकी चन्दा देवीले पनि नयाँ मिटरको लागि निवेदन दिएको एक साता बितिसक्दा पनि जडान नभएको आरोप लगाइन् ।

कागजपत्र र शुल्क बुझाएको एक साता भइसक्यो, सोध्दा, ‘मिटर छैन, आएपछि जडान गर्छाैं’ भनेर जवाफ पाएको उनले बताइन् ।

त्यसैगरी, वीरगंज महानगरपालिका–२८ बगहीका बन्तीराउत कुर्मीले पनि गाउँँमा पोलको आवश्यकता पर्दा वितरण केन्द्रमा गएर सोध्दा पोल नरहेकोले पोलको अहिले कुरै नगर्नू भनी कर्मचारीहरूले फर्काइदिएको गुनासो गरे ।

यस विक्षयमा वितरण केन्द्र वीरगंजका प्रमुख कुसियैतसँग बुझ्दा उनले मिटर र पोल सरकारले हरेक वक्र्ष टेन्डरद्वारा खरीद गरी आपूर्ति गर्ने भएकोले करीब तीन महीनादेखि आपूर्तिमा समस्या आइरहेको बताए । उनले भने, “अहिले टेन्डर प्रक्रिया चलिरहेको छ, प्रमुख कार्यकारी नियुक्ति प्रक्रियाले पनि केही ढिलो भएको छ, मैले ५० वटा पोल आजभोलिमैं ल्याएर आवश्यक भएको ठाउँमा गाड्न लगाउँछु ।” उनले भदौको अन्त्यतिर मिटरको लागि परेको निवेदन अनुसार सबै ठाउँमा मिटर वितरण गरी बत्ती जडान भइसक्ने बताए । अहिले वितरण केन्द्रमा पर्सा र बाराका गरी औसत सातजनाभन्दा बढी सेवाग्राहीले मिटर र पोलको लागि दैनिक निवदेन दर्ता गराइरहेको बताए । कर्मचारी स्रोतले करीब पाँच सयभन्दा बढी सेवाग्राहीको मिटर मर्मतको समस्या रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here