डेढ महीनामा डेढ करोडको सामान बरामद

0

प्रस, जीतपुर, ३ भदौ/

इलाका प्रहरी कार्यालय सिमराले डेढ महीनामा डेढ करोड मूल्यबराबरको अवैध भारतीय मालसामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाएको प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी गराएका छन् । 

२०७८ साउनदेखि भदौसम्म डेढ महीनामा सवारीसाधनहरू चेकजाँच तथा गस्तीका क्रममा रु ९२ लाख ६९ हजार मूल्यबराबरको भन्सार चोरी पैठारीका भारतीय सामानसहित रु १० लाख मूल्यबराबरको सालको गोलिया तथा चिरान काठ बरामद गरेको प्रनाउ कुँवरले बताए ।

यसैगरी, हात्तीको दा¥हासहित तीनजनालाई पक्राउ गरिएको उनले बताए ।

यस अवधिमा अवैध घरेलु मदिरा उत्पादन गर्ने स्थान रामवन, सिमरा, अमलेखगंजलगायत ४४ वटा भट्टी नष्ट गर्नुका साथै २७ हजार ६५० लिटर कच्चा मदिरा, २०७ लिटर तयारी मदिरा पोखेर नष्ट गर्नुका साथै १२७ वटा सिल्भर र प्लास्टिकका भाँडा जफत गरिएको प्रनाउ कुँवरले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here