बज्जिकासेवी मित्र सम्मानित

0

प्रस, गरुडा, २ भदौ/

बज्जिका भाषाको सेवा गरेर जिल्लाको नाम उँचो पारेको भन्दै साहित्यकार तथा बज्जिकासेवी सञ्जय साह मित्रलाई रौतहटमा सम्मानित गरिएको छ । रौतहटको चन्द्रपुरबाट प्रकाशित हुँदै आएको तराई एक्सप्रेस दैनिकको पन्ध्रौं वार्षिकोत्सवको अवसरमा बज्जिकासेवी मित्रलाई सम्मानित गरिएको हो ।

बज्जिका शिरोमणि तथा मधेसरत्न सम्मान र विभूषणसहित दर्जनौं सम्मान तथा पुरस्कारबाट विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसकेका साहित्यकार मित्रलाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शिव पुरी र चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सम्मानित गरेका थिए । मित्र साढे दुई दशकभन्दा 

लामो समयदेखि प्रतीक दैनिकसित आबद्ध छन् ।

पत्रिकाको वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासङ्घ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, तराई एक्सप्रेस दैनिकका सहसम्पादक रूपेन्द्र पटेल तथा बजार व्यवस्थापक गोपाल तिमल्सिनालाई पनि सम्मानित गरिएको थियो ।

पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अशोक पहाडीको सभापतित्वमा भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विभिन्न क्षेत्रका महानुभावहरूले छापा सञ्चारका समस्या तथा फेसबूके पत्रकारिताबारे चर्चा गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here