फोहर व्यवस्थापनको लागि डस्टबिन वितरण

0

प्रस, वीरगंज, २ भदौ/

वीरगंज महानगरपालिकाले फोहर व्यवस्थापनको लागि डस्टबिन वितरण कार्य जारी राखेको छ।

वीरगंज महानगर सफाइ महाशाखाका प्रमुख राजु साहले महानगरको पुरानो १६ वटा वडामा पहिलो चरणमा १७ हजार डस्टबिन वितरण गर्ने योजना रहेको र सोहीअनुरूप वितरण जारी रहेको बताए । 

मङ्गलवार वडा नं ११ र १४ का प्रत्येक घरमा कुहिने र नकुहिने फोहर व्यवस्थापनको लागि प्रतिघर दुईवटा डस्टबिन वितरण गरिएको सफाइ महाशाखाका सर्फुद्दीन मियाँले बताए । महानगरपालिकालाई फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले केन्द्रीय सरकारको सहयोगमा डस्टबिन वितरण कार्य महानगरपालिकाले शुरू गरेको हो ।   

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here