रक्त सञ्चार केन्द्रलाई फ्रिज सहयोग

0

प्रस, वीरगंज, २ भदौ/

वीरगंज महानगरपालिकाले रक्त सञ्चार केन्द्र वीरगंजलाई फ्रिज सहयोग गरेको छ ।

महानगरमा आयोजित कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले रक्त सञ्चार केन्द्र वीरगंजकी संयोजक मधु राणा र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई फ्रिज हस्तान्तरण गरे । तीन सय पिन्ट रगत सञ्चय हुने फ्रिज हस्तान्तरण गरिएको हो । 

रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले महानगरपालिकाले तीन सय पिन्ट रगत सञ्चय हुने फ्रिज उपलब्ध गराएसँगै केन्द्रमा अब आठ सय पिन्ट रगत सञ्चय हुने बताए । यसअघि केन्द्रमा पाँच सय पिन्ट सञ्चय हुने दुई वटा फ्रिज चालू अवस्थामा रहेको उनले जानकारी गराए । 

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here