छात्राहरूलाई साइकल वितरण

0

प्रस, पंचगावाँ, २ भदौ/

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत बुधवार पटेर्वासुगौली गापा–३ लक्ष्मीपुरस्थित नेरा आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेशसभा सदस्य भीमा यादवले सातजना छात्रालाई साइकल वितरण गरेकी हुन् ।

छात्राहरूलाई अध्ययनमा विभेद भइरहेको र उनीहरूलाई मूलधारमा ल्याउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको र त्यसमध्ये साइकल विरतण कार्यक्रम रहेको प्रदेशसभा सदस्य यादवले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रदेवदेवी उरावको अध्यक्ष्Fतामा भएको कार्यक्रममा सलाउद्दीन अहमद, रामनरेश यादव, दीपक यादव, भरत गिरी, विजय गैरे, शम्भु साहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सूर्य कँडेलले गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here