रक्सौलको प्रमुखमा चन्दादेवी निर्विरोध

0

राजेश केशरीवाल, रक्सौल, २ भदौ/

रक्सौल नगरपालिकाको प्रमुखमा चन्दादेवी निर्विरोध निर्वाचित भएकी छन् ।

निवर्तमान नगरप्रमुख उषादेवी पदच्युत भएपछि सो पदका लागि एक महीनापछि बुधवार भएको चुनावमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

निवर्तमान नगरप्रमुख उषादेवीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सोमा उनी असफल भएपछि निर्वाचन भएको हो ।

रक्सौल नगरपरिषद्मा २५ वटा वडा छन् । निर्वाचित चन्दादेवी वडा नं १३ की अध्यक्ष हुन् । रक्सौल नगरपरिषद्को विधान अनुसार वडाध्यक्षबाट नगरप्रमुख निर्वाचित गर्ने प्रक्रिया छ । सोही प्रक्रिया अनुरूप वडाध्यक्ष्F चन्दादेवी नगरप्रमुखमा निर्वाचित भएकी हुन् ।

निर्विरोध निर्वाचित भएकी चन्दादेवीले रक्सौलको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् । उनले आफ्नो सम्पूर्ण काम पारदर्शी बनाउनेतर्फ इमानदार प्रयास रहने घोषण गरिन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here